नयाँ समाचार

बुद्ध एयरको प्लेन डिले हुदाँ सांसद साहद्वारा तोडफोड

अवधेश कामत
जनकपुर, असोज २८
राष्ट्रिय जनता पार्टी नेपालका एक सांसदले जनकपुरधाम विमानस्थलमा प्लेन डिले भएको भन्दै तोडफोड गरेका छन् ।
सर्लाहीको निर्वाचन क्षेत्र नम्बर–१ बाट निर्वाचित प्रतिनिधिसभा सांसद प्रमोद साहले बुद्ध एयरको फ्लाईट डिले भएको भन्दै जनकपुरधाम विमानस्थलमा तोडफोड गरेका हन् ।
सांसद साहले ११ः४० बजेको बुद्ध विमानको जहाज १ः३० बजेसम्म पनि नआएपछि उनी आक्रोशित हुदँैँ एक विरामीलाई समस्या बढ्दा पनि संवेदनशील नभएको भन्दै बुद्ध एयरको काउण्टरमा तोडफोड गरेको स्वीकारेका छन् ।
बुद्ध एयरको काउण्टर तोडफोड गरेपछि सांसद साहलाई व्यवस्थापन पक्षले विमानभित्र प्रवेश गर्नमै रोक लगाएको थियो । तर पछि प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेललाई जानकारी गराएपछि सांसद साहलाई जान दिएको थियो ।
सांसद साहले आफु आउदाँ विमानस्थलको विशिष्ट कक्षमा राति नै देखाएको प्लेट देखि लिएर फोहोर ग्लासहरु यत्रतत्र फालिएको अवस्थामा छरिएर रहेको र पटक पटक जनकपुर विमानस्थलको अवस्था बारे गुनासो गर्दा सरोकारवालाले कुनै वास्ता नगरेको देखेर आफु आक्रोशमा आई तोडफोड गरेको स्वीकारे ।
बुद्ध एयरका व्यवस्थापक प्रमुख विजय कुमार सिंहले भने– काठमाण्डौको प्राविधिक कारणले विमान ढिलाई भएको र सो विषयमा यात्रुहरुलाई जानकारी गराउदाँ समेत सांसद साहले एक्कासी आएर बुद्ध एयरको काउण्टर माथि तोडफोडसंगै कर्मचारीसंग दुव्र्यवहार गरेको हो ।
सांसद साहले तोडफोड गरेपछि विमानस्थलको अवस्था तनावग्रस्त बनेको थियो । बुद्ध एयरको सोहि फ्लाईटमा काठमाण्डौ जान लागेका सांसद साहलाई बुद्ध एयरका कर्मचारीहरु र व्यवस्थापक प्रमुख सिंहले विमान चढ्््नबाट रोकेका थिए । सो क्रममा सांसद साह र व्यवस्थापक प्रमुख विच हातपात समेत भएको थियो ।

Share this
Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *