अन्यराजनीतिसंसार

बिहारमा फेरि नितिशकुमार , निर्वाचन पुर्व सर्वेक्षणमा NDA अगाडि

भारतको बिहार राज्यमा हुन लागेको विधान सभा निर्वाचनमा अहिले हरेक राजनितिक दल आ आफनो शक्ति लगाएका छन । खास गरेर बिहारको राजनितिको चर्चा परिचर्चा अहिले नेपालको सिमावर्ति जिल्लाहरुमा समेत हुने गरिएको छ । विभिन्न समाचार एजेन्सीहरुले गरिरहेको निर्वाचन पुर्व सर्वेक्षणमा वर्तमान मुख्यमन्त्री नितिशकुमारको नेतृत्वको राष्ट्रीय प्रजातान्त्रिक गठबन्धन जित्ने पक्का देखिएको छ । आजतक समाचार सस्थालले गरेको सर्वेक्षणमा भारतीय जनता पार्टी र जनता दल युनईटेड सम्मलित राष्ट्रीय प्रजातन्त्रीक गठबन्धनले निर्वाचनमा १३३ देखि १४३ सिट जित्ने अनुमान गरेको छ ।

त्यसैगरि महागठबन्धनले ८८ देखि ९८ सिट जित्ने अनुमान गरेको छ, भने एलजेपिले २ देखि ६ सिट जित्ने अनुमान गरेको छ । अन्यहरु ६देखि १० सिट जित्ने अनुमान गरेका छन । प्रधानमन्त्री नरेन्द्र मोदीले समेत अहिले बिहारमा आफनो पार्टीलाई जिताउनको लागि क्रियाशिल रहेको छ । विभिन्न स्थानहरुमा निर्वाचन सभालाई सम्बोन गर्नु भएको छ । बिहारमा १५ वर्ष देखि नितिशकुमार सरकारमा रहेका कारणले उहाको प्रति जनतामा नकारत्मक प्रभाव पर्न सक्ने विभिन्न राजनितिक जानकारहरु बताएपनि विभिन्न सर्वेाक्षणले अहिले पनि नितिशकुमार नै मुख्यमन्त्री बन्ने सर्वेक्षणले देखाएको छ ।

Share this
Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *