नयाँ समाचार

बालिका अपहरण गर्ने ४ जना पक्राउ

जनकपुरधाम, चैत ११ गते । जनकपुरधामको पुल्चोकबाट अपहरणमा परेकी ४ वर्षिया बालिकालाई प्रहरीले अपहरणमुक्त गराउन सफल भएको छ । अपहरणमा परेकी सो बालिकालाई प्रहरीले २४ घण्टा नबित्दै प्रहरीले अपहरणमुक्त गराउन सफल भएको हो । प्रहरीले अपहरणमा संलग्न ४ जनालाई पक्राउ समेत गरेको छ ।

बिहीबार साँझ अपहरणमा परेकी बालिकालाई धनुषाको बिदेह नगरपालिका वडा नम्बर ८ बफैबाट शुक्रबार साँझ अपहरणमुक्त गराउँदै अपहरणमा संलग्न एक महिलासहित चार जनालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिए ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १६ पुल्चोकका ध्रुव मण्डलको ४ वर्षीया छोरीलाई बिहीबार साँझ जनकपुरधामस्थित घरमा खेल्दै गर्दा अपहरण गरिएको थियो । अपहरणकारीले शुक्रबार बिहान फरक–फरक नम्बरबाट फोन गरी १५ लाख फिरौती मागेका थिए ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक दिपक राय नेतृत्वको टोलीले बालिकालाई अपहरण मुक्त गराएको रजौरेले बताए । अपहरणकारीलाई पक्राउ गर्न प्रहरीले ४ राउण्ड हवाई फायर गरेको प्रहरी उपरीक्षक रजौरेले बताए । यद्यपि कोही पनि घाइते नभएको उनको भनाई छ ।

Share this
Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *