अन्यनयाँ समाचारविज्ञान / स्वास्थ्य

बालबालिकालाई टाइफाइड विरुद्धको खोप अभियान चैत २५ गतेदेखि आरम्भ

जनकपुरधाम, चैत्र २१ गते

मधेश प्रदेशमा झण्डै १८ लाख बालबालिकालाई टाइफाइड रोग विरुद्धको खोप दिने भएको छ ।

चैत २५ देखि २०७९ वैशाख १८ गतेसम्म यस प्रदेशका हरेक जिल्लामा टाइफाइड विरुद्धको खोप अभियान सञ्चालन हुन लागेको हो ।
१५ महिनादेखि १५ वर्षसम्मका १७ लाख ८७ हजार ७१० जना बालबालिकालाई टाइफाइड विरुद्धको खोप दिइने छ ।

स्वास्थ्य निर्देशनालय मधेश प्रदेशका निर्देशक विजयकुमार झाले खोपबाट बचाउन सकिने रोगहरूलाई शून्यमा झार्ने नेपाल सरकारको लक्ष्य अनुसार देशव्यापी रुपमा टाइफाइड विरुद्ध खोप अभियान सञ्चालन गर्न लागेको बताए ।

पूर्ण खोपको सुनिश्चितता गर्न, खोप कभरेज ९५ प्रतिशत पु¥याउने जिल्लामा अभियानकै रूपमा खोप दिन थालिएको छ ।

‘टाइफाइड दूषित पानी र खानेकुराबाटै संक्रमण हुने रोग हो । चैत र वैशाखमा धुलो धुवाँ बढ्ने, गर्मीले खानेकुरा पनि सफा नहुने भएकोल रोग फैलिने जोखिम हुन्छ । बेलैमा सचेत रहन तथा टाइफाइडबाट बालबालिकालाई खोप अभियान चलाउने तयारी गरिएको हो’, उनले भने ।
निर्देशक झाले खोपबाट कोही बालबालिका बञ्चीत नहोस् त्यसका लागि सबै वडास्तरसम्मका विद्यालयमा पनि खोप टोली परिचालन गरिने बताए ।
सप्तरीमा १५ महिनादेखि ४ वर्षसम्मका ३६ हजार ३६७ र ४ वर्षदेखि १५ वर्षसम्मका १ लाख ४३ हजार ७४२, सिरहामा १५ महिनादेखि ४ वर्षसम्मका ४२ हजार ३६९ र ४ वर्षदेखि १५ वर्षसम्मका १ लाख ६२ हजार ५५२, धनुषामा १५ महिनादेखि ४ वर्षसम्मका ४३ हजार ९९६ र ४ वर्षदेखि १५ वर्षसम्मका १ लाख ७४ हजार १९७ र महोत्तरीमा १५ महिनादेखि ४ वर्षसम्मका ४८ हजार ३४९ र ४ वर्षदेखि १५ वर्षसम्मका १ लाख ७४ हजार ८०६ जना बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने छ ।

त्यस्तै, सर्लाही जिल्लामा १५ महिनादेखि ४ वर्षसम्मका ५५ हजार ३६९ र ४ वर्षदेखि १५ वर्षसम्मका २ लाख ८ हजार १७२, रौतहटमा १५ महिनादेखि ४ वर्षसम्मका ५५ हजार ८१२ र ४ वर्षदेखि १५ वर्षसम्मका २ लाख ३०७, बारामा १५ महिनादेखि ४ वर्षसम्मका ५० हजार ९२७ र ४ वर्षदेखि १५ वर्षसम्मका १ लाख ९० हजार ७८२ एवम् पर्सा जिल्लामा १५ महिनादेखि ४ वर्षसम्मका ४० हजार ७५१ र ४ वर्षदेखि १५ वर्षसम्मका १ लाख ५९ हजार २१२ जना बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झाले जानकारी दिए ।
मधेस प्रदेशमा ४ वर्षमुनिका ३ लाख ७३ हजार ९४० र ४ देखि १५ वर्ष उमेर समूहका १४ लाख १३ हजार ७७० बालबालिकालाई टाइफाइड रोग विरुद्धको खोप लगाइने भएको छ ।

Share this
Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *