अन्यनयाँ समाचार

बलराम महतोद्वारा मेयरमा उम्मेदवारी घोषणा

जनकपुरधाम, चैत २६

जनकपुरधामको महत्वाकांक्षी आयोजना नेपाल रेल्वेको ट्रयाक लाइनदेखि मुख्य आकर्षणको केन्द्रका रुपमा रहेका देशकै गौरवको आयोजना धरहरा पुनःनिर्माण र जनकपुरधामको विकासमा समेत आफ्नो महत्वपूर्ण योगदान रहेको बताउँदै व्यवसायी बलराम महतोले उम्मेदवारी घोषणा गरेका छन् ।

शनिबार जनकपुरधाममा पत्रकार सम्मेलन आयोजना गर्दै जनकपुरधाम उप–महानगरपालिकाको मेयर पदको लागि शनिवार नाम चलेका एक व्यवसायीले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन् ।

उनले ‘पार्टीको नेता हैन स्थानीय विकासमा समर्पित जन सेवकलाई चुनौँ’ भने मुल नाराका साथ रमण कन्स्ट्रक्सनका संचालक बलराम महतोले मेयरको लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन् । उनी जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदमा उम्मेदवारी घोषणा गर्ने उनी पहिलो उम्मेदवार हुन् ।

नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जसपा, लोसपालगायतका दलहरुले अहिलेसम्म जनकपुरधाम उपमहानगरपालिकाको उम्मेदवारको नाम टुंगो लगाउन सकेका छैनन् ।

जनकपुरधामको समुचित विकासका लागि कन्स्ट्रक्सनको काम नयाँ पुस्तालाई हस्तान्तरण गरेर स्वतन्त्र उम्मेदवारी घोषणा गरेको उनले जानकारी दिएका छन् । उनले भने, ‘आफु मेयरमा निर्वाचित भएपछि जनकपुरको मुहार फेरिदिन्छु,’ उनले अघि थप्दँै भने, ‘विकास निर्माण गर्न र मन्त्रालयबाट थप बजेट ल्याउन आफुसँग अनुभव छ ।’

लामो समयको अनुभवलाई जनकपुरधामको विकासमा लगाउने उद्देश्य राखेर स्वतन्त्र उम्मेदवारी दिएको उनले स्पष्ट पारे ।

नेकपा माओवादीका नेता एवम पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), तत्कालिन माओवादीकै अर्का नेता रामबहादुर थापा बादल आफ्नो क्लासमेट भएको जानकारी गराउँदै उनले दलीय कित्ताभन्दा बाहिर बसेर समाजसेवा गर्ने मनसायले स्वतन्त्र उम्मेदवारी घोषणा गरेको बताए ।

उनले भने, ‘दलीय कित्ताबाट उम्मेदवार बनेर नगरको विकासका लागि स्वतन्त्र रुपले काम गर्न सकिँदैन,’ उनले भने, ‘त्यसैले स्वतन्त्र उम्मेदवारी घोषणा गरेको हुँ ।’ राजनीतिक दलहरूबाट पार्टीमा लाग्न आफूकहाँ प्रस्ताव नआएको होइन भन्दै उनले दलमा लागेपछि समाजसेवा गर्न सक्ने अवस्था नदेखेपछि स्वतन्त्रबाटै चुनाव लड्न आफु तयार भएको जानकारी दिए ।

भरतपुर सिञ्चाई कार्यालयमा १७ वर्ष सरकारी जागिर गरेर २०४७ सालदेखि कन्स्ट्रक्सनको स्थापना गरेर मुलुकको विकास निर्माणको काम गर्दै आएको उनले बताए । देशको विभिन्न स्थानमा विगत ३० वर्षदेखि निरन्तररुपमा पूर्वाधार विकासमा योगदान पुर्याएको दावी गरे ।

Share this
Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *