नयाँ समाचारराजनीति

बर्दिबास–३ मा माओवादीलाई हराउँदै एमाले निर्वाचित

महोत्तरी, जेठ ३ गते ।

पूर्व शिक्षा बिज्ञान तथा प्रबिधिमन्त्री गिरिराजमणी पोखरेलको वडामा नेकपा एमाले निर्वाचित भएका छन् ।

नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य समेत रहेका पोखरेलको वडामा माओवादीका उम्मेदवार वडा अध्यक्षका उम्मेदवार गणेश बस्नेतलाई एमालेका उम्मेदवार बिराट बिष्टले पराजित गरेका हुन ।

अघिल्लो निर्वाचनमा माओवादी केन्द्रले जितेको सो वडामा झिनो मतले एमाले पराजित भएको थियो ।

निर्वाचन अधिकृत भुपेन्द्र सापकोटाले गणेश बस्नेतलाइ १२२ मतले उछिन्दै विजयी भएका हुन । नेकपा एमालेले १५१५ मत र माओवादी केन्द्रले १३९३ मत प्राप्त गरेका जानकारी दिए ।

महोत्तरीको बर्दिबास नगरपालिका वडा नम्बर ३ मा एमालेले विजयी भएसँगै माओवादी केन्द्रले अहिलेसम्मको मतपरिणाममा अघिल्लो निर्वाचनमा जितेका ३ वटा गुमाएको छ भने नेपाली काँग्रेसले २ वडा गुमाएको छ ।

नगरमा भने स्वतन्त्र उम्मेदवार प्रल्हाद क्षेत्री पक्षले अग्रता लिएको छ ।

Share this
Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *