
जनकपुरधाम, वैशाख ३
फिजियो थेरापी चिकित्सा पद्धतिमा बिरामीको उपचारमा नयाँ विधि र प्रक्रिया अवलम्बन गर्नुपर्ने आवश्यकतामा उनीहरुले जोड दिएका छन् ।
नेपाल फिजियो थेरापी संघले शनिबार जनकपुरधाममा आयोजना गरेको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा विश्वमा फिजियोथेरापी उपचार पद्धतिमा आएको परिवर्तनलाई आत्मसात् गरेर उपचार गरेको खण्डमा बिरामीलाई चाँडो भन्दा चाँडो निको बनाउन सकिने भएकाले यसतर्फ ध्यान दिनका लागि विज्ञले फिजियो थेरापी चिकित्सकहरूलाई आग्रह गरे ।
एक जनाले बिरामीको उपचारमा प्रयोग गर्ने पद्धति नै अधिकांशले फिजियो थेरापी चिकित्सकले अपनाउँदा त्यति प्रभावकारी नहुने भएकाले नयाँ खोज तथा अनुसन्धानको प्रयोग गरेर उपचार गर्दा बिरामीलाई चाँडो निको पार्न सकिने सुझाव विज्ञ चिकित्सकहरूले दिए ।
कार्यक्रममा वरिष्ठ चिकित्सक अनिल महतोले फिजियो थेरापी प्रति भइरहेको नयाँ अनुसन्धान तथा खोजलाई आत्मसात् गरेर उपचार गर्दा प्रभावकारी हुने र बिरामीलाई चाँडो निको बनाउने बताए ।
यस प्रशिक्षणमा मधेश प्रदेशका ८ जिल्लाबाट आएका ३५ जना फिजियो थेरापी चिकित्सकहरूको सहभागिता रहेको संघका मधेश प्रदेशका सह–सचिव डा. राजेश मण्डलले जानकारी दिए ।
फिजियो थेरापी चिकित्सकहरूलाई नेपाल फिजियो थेरापी संघका केन्द्रीय महासचिव डा. विनय कँडेलले प्रशिक्षण दिए ।
अहिले मधेश प्रदेशमा ६५ जना फिजियो थेरापी चिकित्सक रहेको अनुमान गर्दै अहिले फिजियो थेरापी चिकित्सा प्रति जनविश्वास बढ्दै गएको छ ।