अन्यनयाँ समाचार

प्रेस प्रतिनिधि प्रमाण पत्र नवीकरण कार्य जनकपुरधामबाट शुरु

जनकपुरधाम, असोज ६ गते । प्रदेश २ को जिल्ला हुलाक कार्यालय धनुषाबाट प्रेस प्रतिनिधि प्रमाण पत्र नवीकरण कार्य मंगलवारदेखि शुरु भएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सूचना तथा प्रसारण विभागले प्रेस प्रतिनिधि प्रमाण पत्र नवीकरणको अधिकार प्रदेशको राजधानी स्थित हुलाक कार्यालयलाई दिइएपछि जनकपुरधाम स्थित हुलाक कार्यालयबाट नवीकरण शुरु भएको हो ।

पहिलो प्रेस प्रतिनिधि प्रमाण पत्र जानकी साप्ताहिकका सम्पादक एवं वरिष्ठ पत्रकार मदनलाल श्रेष्ठलाई प्रदान गर्दै वितरण कार्यको उद्घाटन गरिएको छ । वरिष्ठ पत्रकार श्रेष्ठलाई नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्रको उपस्थिति हुलाक कार्यालय जनकपुरधामका प्रमुख रामउदगार अधिकारीले प्रदान गरेका हुन ।

यसअघि पत्रकारलाई नवीकरणका लागि काठमाडौ जानु पथ्र्यो । सो अधिकार हुलाक कार्यालयलाई दिइएपछि अब काठमाडौ धाउनुपर्ने समस्या अन्त्य भएको छ । तर नयाँ प्रमाणका लागि काठमाडौ नै पर्ने बताइएको छ ।

यसैबीच प्रिन्टर आभावले नवीकरण कार्य सुचारु हुन नसकेको थाहा पाएपछि नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्रले निजी लगानीमा हुलाक कार्यालयलाई सहयोग स्वरुप एकथान प्रिन्टर उपलब्ध गराएका छन । महासंघ धनुषाका अध्यक्ष मिश्रले हुलाक कार्यालयका प्रमुख अधिकारीलाई सो प्रिन्टर एक कार्यक्रमका बीच हस्तान्तरण गरेका हुन । विभागले प्रमाण पत्र वितरण गर्ने अधिकार दिइएपनि प्रिन्टरको आभावमा साउन महिनौंदेखि नवीकरण रोकिएको थियो।

सो प्रेस प्रतिनिधि प्रमाण वितरण नवीरकण तथा प्रिन्टर हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश २ का महासचिव किरण कर्ण, नेपाल पत्रकार महासंघ धनुषाका कोषाध्यक्ष अवधेश कामत सहित जनकपुरधाम स्थित पत्रकारहरुको सहभागिता रहेको थियो । हुलाक कार्यालयसँग आफ्नै प्रिन्टर उपलब्ध भएपछि प्रमाण पत्र छपाईका लागि सहज भएको छ ।

Share this
Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *