नयाँ समाचारराजनीति

प्रेस चौतारी धनुषाको अध्यक्षमा अवधेश कामत

जनकपुरधाम, माघ २५ ।

प्रेस चौतारी नेपाल धनुषाको अध्यक्षमा पुनः अवधेश कामत चयन भएका छन् । मंगलबार जनकपुरधाममा सम्पन्न भएको ९ औँ जिल्ला अधिवेशनबाट कामतलाई अध्यक्षमा चयन गरिएको हो । कामतको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति समेत चयन गरिएको छ । जिल्ला कार्यसमितिको उपाध्यक्षमा ललनकुमार साह, सचिवमा विजय जयसवाल, सहसचिवमा शंकर थापा र सुनिलकुमार साह, कोषाध्यक्षमा ज्ञानेन्द्रकुमार ठाकुरलाई सर्वसम्मत रुपमा चयन गरिएको हो ।

त्यस्तै सदस्यहरुमा चित्र श्रेष्ठ, सन्तोष मिश्र र प्रिया कर्णलाई चयन गरिएको छ । राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा जगदीश साह र गणेश खरेललाई चयन गरिएको छ भने प्रदेश प्रतिनिधिमा भगलु मण्डल र जीवनारायण झालाई चयन गरिएको छ । चयन भएका पदाधिकारीहरुलाई प्रेस चौतारीको मधेश प्रदेश संयोजक फणि महतले शपथग्रहण गराएका थिए । कामतको अध्यक्षतामा भएको अधिवेशनको प्रमुख अतिथि नेकपा एमाले धनुषाका अध्यक्ष राजकिशोर यादव रहेका थिए । अधिवेशनमा केन्द्रिय सदस्य अर्जुन क्षेत्री, धर्वेन्द्र झा र गोपाल बराल, पूर्व अध्यक्ष जगदीश साह लगायतको उपस्थिति थियो ।

Share this
Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *