नयाँ समाचार

प्रेस चौतारीको बन्द सत्र हुन सकेन सुरु, सर्वसम्मतिको प्रयास असफल

कास्की, फागुन २८ ।

नेकपा एमाले निकट प्रेस चौतारी नेपालको बन्द सरु हुन सकिरहेको छैन ।

शनिबार बिहान ८ बजेदेखि बन्द सत्र सुरु हुबे जानकारी प्रतिनिधिहरूलाई दिएपनि हलभित्र माथिल्लो तहका नेताको उपस्थिति भएको छैन । १ बजेसम्म बन्द सत्र सुरु नहुदा आज सकिने भनेको महाधिवेशन लम्बिने देखिको छ ।

अध्यक्षमा पदमा वर्तमान अध्यक्ष गणेश बस्नेत, माधव नेपाल, गणेश पाण्डे, टीका बिष्टले दाबी गरिरहेका छन ।

अन्य पदाधिकारीमा पनि धेरैको दाबी रहेकाले नेतृत्वलाई मिलाउन सकस देखिएको हो । १५१ सदस्यीय कमिटी बनाउने भनिए पनि अघिल्लो कमिटी ३५१ सदस्यीय बनाएपछि मिलाउन नेतृत्व प्रयास विफल भएको एक नेताले बताए ।

एमालेका नेताहरु सर्वसम्मत गर्ने प्रयासमा लागेपनि त्यो सफल हुन सकिरहेको छैन । एमालेका नेता बिष्णु रिजाल, प्रेस चौतारीका पूर्व अध्यक्ष राजेन्द्र अर्याल, निर्मला शर्मालगायतका नेताहरुले सर्वसम्मतको प्रसाय गरिरहेका छन् ।

शुक्रबार एमाले केपी शर्मा ओलीले उद्घाटन गर्दै अध्यक्ष पुनः गणेश बस्नेत हुने संकेत दिएका थिए ।

Share this
Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *