अन्यनयाँ समाचार

प्रादेशिक अस्पताल बचाउका लागि स्वास्थ्यकर्मी, कर्मचारी र विद्यार्थी आन्दोलित

जनकपुरधाम, चैत २५

मधेस प्रदेश सरकारले प्रादेशिक अस्पताल जनकपुरलाई मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रुपान्तरण गरेपछि प्रादेशिक अस्पताल बचाउनका लागि स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन् ।

प्रादेशिक अस्पताललाई प्रतिष्ठानमा रुपान्तरण गरेपछि सञ्चालनमा ल्याइएको भन्दै प्रदेश सरकारको निर्णयबिरुद्ध स्वास्थ्यकर्मी, प्रादेशिक अस्पतालका कर्मचारी र नर्सिङ्ग कलेजका विद्यार्थीहरु आन्दोलित भएका हुन् ।

अस्पतालका स्वास्थ्यकर्मी, कर्मचारी तथा विद्यार्थीहरु प्रदेश सरकारबिरुद्ध प्रदर्शन गर्दै मधेश प्रदेशको प्रदेशसभा पनि घेराउ गरेका थिए ।
उनीहरुले जनकपुरधाममा नगर परिक्रमा गर्दै मधेश प्रदेश सरकारबिरुद्ध नारावाजी समेत गरेका छन् ।

अस्पताललाई प्रतिष्ठानबाट मुक्त नगरिएसम्म आन्दोलन अझ सशक्त बनाउँदै लग्ने स्वास्थ्यकर्मीहरुले चेतावनी दिएका छन् ।

डा. पण्डितले प्रादेशिक अस्पताल प्रतिष्ठानमा गाभेपछि स्वाथ्यकर्मी, कर्मचारी र विद्यार्थीमा समेत अन्योलता उत्पन्न भएको बताए ।

त्यस्तै, नर्सिङ क्याम्पस जनकपुरमा अध्ययनरत्त छात्रा एञ्जिला शर्माले प्रादेशिक अस्पताल गएपछि क्याम्पस पनि जाने भएकाले आन्दोलनमा उत्रिनुपरेको बताइन् । उनले आफूहरू अध्ययन गरिरहेको शैक्षिक पाठ्यक्रम प्रतिष्ठानमा नरहेकाले आफूहरू अन्योलतामा परेको बताइन् ।

मधेस प्रदेश सरकारमातहत रहेको प्रादेशिक अस्पताल प्रतिष्ठानमा गोभिएपछि अधिकांश स्वास्थ्यकर्मी, कर्मचारीहरुमा अलमलमा परेका छन् ।

Share this
Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *