नयाँ समाचार

प्रहरीले दुईजना मोटरसाइकल चोरलाई गरे पक्राउ

जनकपुरधाम, १८ फागुन । धनुषा प्रहरीले दुईजना मोटरसाइकल चोरलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषाको हंसपुर नगरपालिका वडा नम्बर–५ बस्ने २० वर्षीय उमेश माझी र सोही ठाउँ बस्ने २५ वर्षीय लक्ष्मेश्वर मण्डल रहेका छन् ।

उनीहरुलाई हंसपुर नगरपालिका वडा नम्बर–९ टिल्हीस्थित बाटोबाट चेकजाँचको क्रममा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको प्रहरी टोलीले चेक प्वाईन्ट थापि बाटोमा आवतजावत गर्ने सवारी साधन तथा मानिसहरुलाई चेकजाँच गरिरहेको क्रममा ज ४ प ६३९६ र अर्को नम्बर प्लेट उप्काएको मोटरसाइकलमा सवार चालकलाई शंकास्पद रुपमा आउँदै गरेकोमा

उनीहरुलाई रोकेर नामथर वतन सोधपुछ गर्दा एकजनाले आफ्नो नाम उमेश माझी र अर्कोले लक्ष्मेश्वर मण्डल भनी बताएकोमा उनीहरुसँग सो मोटरसाइकलहरुको कागजपत्रहरु माग गर्दा कागजपत्र देखाउन नसक्दा पक्राउ गरिएको थियो ।

Share this
Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *