साउन १ गते ।
जनधारा सम्वाददाता जनकपुरधाम
उपप्रधान तथा स्वास्थ्य मन्त्री स्वास्थ्य मन्त्री उपेन्द्र यादवले तराई मधेशमा बाढीको प्रमुख कारण चूरेको संरक्षण अभाव भएको बताएका छन् । प्रदेश २ मा आएको बाढीको अवस्था बुझ्न निरिक्षण गर्न आएका संघीय सरकारका मन्त्रिपरिषदका टोलीको नेतृत्व गरेर जनकपुरधाम आएको बेला बुधवार संचारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन । उनले चूरे संरक्षण नहुँदा प्रत्येक वर्ष बाढीमा तराई त्राहिमाम हुनेगरेको बताउँदै चूरे बचाउनुकाु विकल्प नरहेको जिकिर गरे । चूरेमा बस्ति बसाउनु तथा सडक निर्माणमा पूर्ण प्रतिबन्ध गर्नु नै बाढीको स्थायी समाधान रहेको उनले भने । उपप्रधान तथा स्वास्थ्य मन्त्री यादवको नेतृत्वमा गृहमन्त्री रामबहादुर थापा बाद, उर्जा तथा सिचाई मन्त्री वर्षमान पुन भौतिक पुर्वाधार विकास मन्त्री रघुवीर महासेठ सहितका टोलीले अनुगमन पश्चात प्रदेशका ८ वटै जिल्लामा आएको बाढीको अवस्था बारे प्रदेश सरकारसँग जानकारी लिएका छन । टोलीमा सहभागी गृहमन्त्री रामबहादुर थापा बादलले प्रदेश २ का प्रमुख सचिव दिपक सुवेदीसंग बाढीको प्रादेशिक अवस्था बुझदै बाढीबाट भएको क्षतिको यकिन बिवरण पछि सरकारले राहत तथा पुनःस्थापनामा सघाउने बताए । उनले चूरे बिनाशका कारण तराई मरुभुमि हुने अवस्थामा पुगेको समेत बताए । उनले तराई मधेशको समस्यालाई नीतिगत रुपमा सुधारका लागि सरकारले विपद् प्राधिकरणको थाल्नी गरिसकेको जानकारी गराए । राजपा अध्यक्ष मण्डलका संयोजक अनिल झाले गृहमन्त्रीको जवाफमा आपत्ति जनाउँदै राहतमा सरकारले राजनीति गरेको आरोप लगाउंदै वास्तविक पिडीत राहत नपाउने गरेको भने । त्यस्तै उर्जा जलश्रोत तथा सिचाई मन्त्री वर्षमान पुनले प्रदेश सरकारको बाढी बिफ्रिङ्गपछि बाढीले कमला, बकैया, बागमति सहितका नदीमा भएके क्षतिलाई यकिन गरेर तत्काल ममर्तमा रकम अभाव हुन नदिने प्रतिबद्धता जनाए ।
बाढी प्रभावित प्रदेश २ को रौतहट, सप्तरी, सर्लाही, महोत्तरी, धनुषा लगायतको अनुगमन गर्न ती मन्त्रीहरुका साथै नेकपा वरिष्ठ नेता माधवकुमार नेपाल, संसदको विकास समितिका सभापति कल्याणी खड्का, नेकपा नेता तथा संघीय सांसद प्रभु साह, राजपा अध्यक्ष मण्डलका संयोजक अनिल झा, कृषि राज्यमन्त्री रामकुमारी चौधरी लगायतको टोली बाढीले पुर्याएको क्षति र राहत तथा उद्धार कार्यको अवलोकन गरेका थिए ।