
जनकपुरधाम, जेठ २४ गते ।
प्रदेश २ मा कोरोना संक्रमितको संख्या एक हजार नाघेको छ ।
शनिबार आएको पीसीआर रिपोर्टअनुसार प्रदेश २ का ८३ जनामा कोरोना संक्रमण देखिएको प्रदेश २ स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
यससँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या एक हजार ६४ पुगेको हो । २४ घण्टा भित्र प्रदेश नम्वर २ मा ८३ जना ब्यक्तिहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ । जस अनुसार सप्तरी जिल्लामा ७ जना, धनुषा जिल्लामा ८ जना, महोत्तरी जिल्लामा ३५ जना, सर्लाही जिल्लामा २७ जना र रौतहट जिल्लाका ६ जना ब्यक्तिहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।
Share this