अन्यविज्ञान / स्वास्थ्य

प्रदेश २ मा कानून मन्त्री यादवले कोरोना विरुद्धको पहिलो खोप लिएर शुभारम्भ गरे

जनकपुरधाम, माघ १४ । प्रादेशिक अस्पताल जनकपुरधाममा कोरोना विरुद्धको खोप दिने अभियान सुरु भएको छ । आज प्रादेशिक अस्पतालमा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादव खोप लिएर यहाँ खोप अभियानको सुरुवात गरेका छन् । मन्त्री यादव यस भन्दा पहिले कोरोना संक्रमित समेत भएका थिए । कानून मन्त्री यादवपछि प्रदेशिक अस्पतालका नर्स इन्चार्ज सन्ध्या दास र अस्पतालका मेसु डा. प्रमोद यादवले कोरोना विरुद्धको भ्याक्सिन लिएका छन् भने बाँकी स्वास्थयकर्मी, सरसफाईकर्मीहरु भ्याक्सिन लिन सुरु गरेका छन् ।

भ्याक्सिन लिएपछि मन्त्री यादवले भ्याक्सिन लिनुपूर्व र लिएपछि शरिरमा कुनै किसिमको फरक नपरेको बताए । उनले भ्याक्सिन विरुद्धको विभिन्न अफवाहरु रहेकोमा त्यसलाई चिर्न आफुले पहिले भ्याक्सिन लिएको बताए । पहिले चरणमा फोहरमैला व्यवस्थापनमा खटिने फोहर संकलक तथा चालक, एम्बुलेन्स तथा शववाहन चालक र सहचालक, प्रत्यक्ष उपचारको सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्र खटिने सुरक्षाकर्मी तथा स्वयंसेवक, शव व्यवस्थापनमा खटिने व्यक्ति, स्वास्थ्य स्वयंसेविका, अन्तरराष्ट्रिय प्रवेशविन्दुमा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारी, वृद्धाश्रमका व्यक्ति तथा हेरचाहमा खटिने कर्मचारी एवं कारागारका कैदी र सुरक्षाकर्मीलाई खोप दिइन लागेको छ।

त्यस्तै प्रदेश २ को वीरगंज स्थित नारायणी उपक्षेत्रीय अस्पतालमा मुख्यमन्त्री लालबाबु राउत र सप्तरीको राजविराजमा सामाजिक विकासमन्त्री नवल किशोर साह गएका छन् । उनले भ्याक्सिन ल्याउने जिम्मा संघ सरकारको रहेकोले यदि संघ सरकार त्यसबाट पञ्छिए प्रदेशवासीको लागि प्रदेश सरकार भ्याक्सिनको व्यवस्था गर्ने बताए ।

शुभारम्भ कार्यक्रममा राष्ट्रिय खोप सलाहकार समितीका सदस्य डा. जामुन सिंहले यो खोप सबै भन्दा उत्कृष्ट रहेको बताए । डब्लुचएओले यस भ्याक्सिनलाई आपतकालिन रुपमा प्रयोग गर्न सबैभन्दा पहिले मान्यता दिएको र यो भ्याक्सिन बनाउने कम्पनि विश्वमा आवश्यक पर्ने ६० प्रतिशत खोपको आपुर्ति गर्नेगरेकोले यसमा विश्वास गर्न सबैसँग आग्रह गरे । १८ वर्ष भन्दा कम उमेरका व्यक्तिलाई यो खोप अहिले नदिइने यसैगरी पहिलो डोज लगाउँदा स्वास्थ्यमा गम्भीर समस्या आएकाहरुलाई दोस्रो डोज दिइने छैन डा. सिंहले बताए । स्वास्थ्य सेवा विभागका अनुसार पहिलो चरणमा कोरोना भाइरस रोकथाममा अग्रपंक्तिमा खटिने ४ लाख ३० हजार जनाले खोप लगाउन पाउनेछन् । आजबाट देशभर कोरोना विरुद्धको ‘कोभिशिल्ड’ खोप लगाउन सुरु ।

Share this
Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *