जनकपुरधाम, कार्तिक १७ गते ।
राष्ट्रिय जनता पार्टी नेपाल प्रदेश २ का प्रदेशसभा सदस्य एवं सचेतक परमेश्वर साह मा कोरोना संक्रमण पुष्टि भएको छ । सांसद साहले शनिबार पीसीआर परीक्षण गराएपछि त्यसै दिन उनको रिपोर्ट पोजेटिभ आएको थियो । संक्रमण पुष्टि भएलगत्तै सचेतक साह होम आइसोलेसनमा छन् ।
उनले आफुलाई करिव एक हप्तादेखि रुघाखोकी लाग्दै आएको र शंका लाग्दा परिक्षण गराएपछि रिपोर्ट पोजेटिभ आएको जानकारी दिए । आफ्नो स्वास्थ्यमा अहिले खासै समस्या नरहेको उनको भनाइ छ ।
उनले केहि दिन यता आफुसँग सम्पर्कमा आएकाहरुलाई सतर्क रहन र कुनै समस्या देखिए कोरोना परिक्षण गरी ढुक्क हुन अनुरोध समेत गरेका छन् । आफ्नो सम्पर्कमा रहेका सबैलाई सतर्क र सुरक्षति रहन सांसद साहले आग्रह गरेका छन् ।
Share this