नयाँ समाचारराजनीति

प्रदेश २ ः नेकपा (एस)का २ मन्त्रीलाई प्रदेश प्रमुखले गराए शपथ ग्रहण


जनकपुरधाम, मंसिर ५ ।
प्रदेश २का मुख्यमन्त्री लालबाबु राउतले मन्त्रीमण्डल विस्तार गरेका छन् । नेकपा एकिकृत समाजवादी पार्टीका २ मन्त्रीलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले शपथ ग्रहण गराएसंगै मन्त्रीमण्डल विस्तार भएको छ ।
नेकपा (एस)का प्रदेश २को संसदीय दलका नेता शुत्रधन महतोलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री र प्रमोद यादवलाई कानुन, न्याय तथा प्रदेश मामिला मन्त्रीको रुपमा प्रदेश प्रमुख मिश्रले शपथ ग्रहण गराएका हुन् ।
नेकपा (एस) लाई सरकारमा सहभागी गराउन मुख्यमंत्री लालबाबु राउतले जसपाकै उद्योग पर्यटन तथा वनमन्त्री राम नरेश रायलाई बर्खास्त गरेका थिए । यसअघि नेपाली कांग्रेस र माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउन ज्ञानेन्द्र यादवले मन्त्री पदबाट राजीनामा दिएका थिए । अब प्रदेशमा चार दलीय गठबन्धनको सरकार बनेको छ । जसापको नेतृत्वमा कांग्रेस तीन र माओवादी केन्द्र एक मन्त्रालयसहित सरकारमा छ ।

Share this
Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *