नयाँ समाचार

प्रदेश हरित अभियान अन्तर्गत आठै जिल्लामा वृक्षारोपण

जनकपुरधाम, भदौ ७ । प्रदेस सरकारले संचालनमा ल्याएको प्रदेश हरित अभियान अन्तर्गत आठ वटै जिल्लामा वृक्षारोपण कार्यक्रम गरिएको छ । प्रदेश सरकारले सर्लाही स्थित सागरनाथ वन विकास परियोजनाबाट प्रदेश हरित अभियानको शुभारम्भ गरेको भोली पल्ट शनिबार आठ वटै जिल्लामा वृक्षारोपण गरिएको हो । जिल्ला–जिल्लामा भएको वृक्षारोपण कार्यक्रममा प्रदेशका मुख्यमन्त्री देखि मन्त्रीहरु तथा राज्यमन्त्रीहरुको सहभागिता रहेको थियो । अभियान अन्तर्गत धनुषा जिल्लाको दुई स्थानमा शनिबार वृक्षारोपण गरिएको छ । धनुषाको सबैला नगरपालिका वडा नम्बर ४स्थित पठेर्वामा प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले वृक्षारोपण कार्यक्रमको शुभारम्भ गरेका थिए । वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले प्रदेशलाई समृद्ध, स्वच्छ एवं हराभरा बनाउनका लागि वृक्षारोपण आवश्यक रहेको बताए । उनले बोट बिरुवाको अभाव भएकै कारण प्रदेश दुईमा जनसंख्याको अनुपातमा वृक्षहरु नरहेको उनको भनाई थियो । मन्त्री यादवले प्रदेशमा अहिले ४.३९ प्रतिशत वन रहेको छ जसमा पनि प्रदेश सरकार मातहत २ प्रतिशत वन मात्रै रहेको जानकारी गराए । प्रदेशमा १० प्रतिशत वन पुर्याउने लक्ष्यका साथ प्रदेश सरकारले प्रदेश हरित अभियान थालेको बताए । अभियान अन्तर्गत धनुषा जिल्लाको २८ हेक्टरमा ४६ हजार बोट बिरुवा लगाउने लक्ष्य राखिएको छ । वन डिविजन कार्यालय धनुषाका प्रमुख अशोक कुमार झाले प्रदेश सरकारको यो अभियानलाई सफल तुल्याउन आफूहरुले यस कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे । उनले सबैलाको पठेर्वामा कमला नदीको किनारमा रहेको सामुदायिक वनको लगभग ६ हेक्टर जग्गामा १० हजार र गणेशमान चारनाथ नगरपालिका वडा नम्बर १ चुरेको फेदमा रहेको सपही खोला किनारको २२ हेक्टर जग्गामा ३६ हजार बोट बिरुवा लगाउने लक्ष्य रहेको जानकारी दिए । सबैला नगरपालिकाका नगर प्रमुख विजय शंकर साहको अध्यक्षतामा भएको कार्यक्रममा, वन निर्देशनालय प्रदेश २का निमित्त निर्देशक देवेन्द्र कर्ण, प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेल लगायतले बोलेका थिए । यता प्रदेश हरित अभियान अन्तर्गत मुख्यमन्त्री लालबाबु राउत आफ्नो गृहजिल्ला पर्सा, उद्योग वन तथा पर्यटन मन्त्री रामनरेश राय सर्लाही, राज्यमन्त्री डिम्पल झा रौतहट, राज्यमन्त्री अभिराम शर्मा महोत्तरीमा सहभागिता जनाएका थिए ।

Share this
Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *