शिक्षा

प्रदेश सरकारको सिफारिसमा इन्जिनियरिङ्गका २८ छात्र–छात्रालाई छात्रावृत्ति

जनकपुर, साउन ४ प्रदेश नम्बर २ का सरकारको सिफारिसमा भारतको आन्ध्रप्रदेश काकिनाडा स्थित आदित्य एजुकेशनल इन्स्टिच्युसनले २८ जना छात्रालाई छात्रवृति दिने भएको छ ।

यस अन्तर्गत सिभिल, मेकानिकल, कम्प्युटर साइन्स, इन्फोेरमेशन टेक्नोलोजि, माइनिङ्ग, पेट्रोलियम, एग्रीकल्चर, इलेट्रिकल, इलेक्ट्रोनिकमा पूर्ण छात्रवृति दिने इन्ष्टिच्यूसनका डाइरेक्टर परमजित सिंहले जानकारी दिए । छात्रवृति पाउने छात्रछात्राहरुले छात्रावास, किताव खर्च , परीक्षा शुल्क र पोशाक शुल्क आफैले बेहोर्नु पर्ने छ । इन्स्टिच्युसनले प्रदेश सरकारको सिफारिसमा बेटी पढाउ, बेटी बचाउ कार्यक्रमलाई बल पुर्याउनका लागि १८ जना छात्रा तथा सहिद परिवारबाट १० जना छात्र–छात्रालाई विभिन्न ईन्जिनीयरींगमा अध्ययनका लागि आदित्य एजुकेशन इन्ष्टिच्यूसनले प्रदेश सरकार मार्फत छात्रवृत्तिका लागि सिफारिस गर्न आग्रह गरेका हो ।इन्स्टिच्युसनका निर्देशक परमजित सिंहले यसका अतिरिक्त प्रदेश सरकारको सिफारिसमा थप २० जना छात्राछात्रालाई ५० प्रतिशत छात्रवृति प्रदान समेत गरिने बताएका छन । यस इन्स्टिच्यूसनले जनकपुरबाट ९ वर्ष देखि सैयकडौँको संख्यामा प्रत्येक वर्ष छात्र तथा छात्रालाई लग्ने गरेको स्थानीय संयोजक गोविन्द यादवले जनाए ।

Share this
Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *