अन्यनयाँ समाचार

प्रदेश नम्बर २ मा सबै भन्दा ठुलो महिन्द्रा शो रुम

जनकपुर, कात्तिक १

प्रदेश नम्बर २ मा सबै भन्दा ठुलो तथा अत्याधुनिक महिन्द्रा मोटर गाडीको सुविधा सम्पन्न शो रुम शनिवारदेखि संचालनमा आएको छ । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाम वडा नम्बर १४ स्थित मुजेलियामा ऋचा मोटर्स प्रा.लि.ले संचालनमा आएको उक्त शो रुमले सेल्स, सर्भिस र स्पेयर पार्टसको विक्री वितरण अधिकृत विक्रेताको डिलर्स संचालन गर्दैछन् । संचालक राजेश अग्रवालले महिन्द्रा कम्पनीको हेभी गाडी बाहेक स्कारपियो, बोलेरो, ट्याक्ट्रर, पिकअप र भ्यान लगायतका गाडीको विक्री वितरणका साथै दक्ष मेकेनिकद्वारा सर्भिसको व्यवस्था रहेको जानकारी दिए । साथै सम्बन्धित गाडीको स्पेयर पाटर््सका लागि हामी यही शो रुम भित्रै उचित मूल्यमा उपलब्ध गराउनेछौं उनले भने ।

उनले यहाँ गाडीको सर्भिस अत्याधुनिक मेसिन र दक्ष मेकेनिकबाट छिटो भन्दा छिटो गराएर दिइने बताए । शनिवार देखि संचालनमा आएको उक्त शो रुमले पहिलो दिनमै २ वटा स्कारपियो डिलेभरी गरिसकेको छ भने ५ वटा बुकिंग गरिएको र ट्याक्टरका लागि समेत ग्राहकहरु आउने गरेको संचालक अग्रवालले जानकारी दिए । कम्पनीका प्रतिनिधि रणवीर यादवले ऋचा शो रुम प्रदेश– २ मै सबैभन्दा ठूलो र अत्याधुनिक रहेको कारण ग्राहकलाई समयमै सुविधायूक्त सेवा दिइनेछ । महिन्द्रा कम्पनीको सबैभन्दा बढी बिक्री हुने गाडी मध्ये स्कारपियो, बोलेरो र टयाक्टरहरु रहेको छ । आज संचालनमा आएको दिन नै एक दर्जन गाडी बुकिंग भएको जानकारी संचालक अग्रवालले दिए ।

Share this
Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *