अन्य

प्रदेशको नामाकरणमा पुनर्विचारका लागि कलाकारहरुले दवाब श्रृजना गर्ने

जनकपुरधाम, भदौ १० । प्रदेशको नामाकरण र राजधानी तोक्ने निर्णय भई सकेको अवस्थामा कलाकारहरुले दलहरुलाई आफ्नो अनुकुल नामाकरण गराउन दवाब श्रृजना गर्ने भएका छन् । प्रदेशको नामाकरणका लागि प्रदेशसभा सचिवालयमा दलहरुले मिथिलालाई वेवास्ता गरेको भन्दै कलाकार, साहित्यकारहरुले दवाब श्रृजना गर्न लागेका हुन् । मिथिला नाट्य कला परिषदको आयोजनामा मंगलबार भएको कार्यक्रममा कलाकार, साहित्यकार लगायत विभिन्न क्षेत्रका व्यक्तिहरुले दलहरुले यहाँको ऐतिहासिकता नबुझेर नामाकरणको प्रस्ताव गरेको आरोप लगाए । राजनीतिज्ञ एवं साहित्यकार रोशन जनकपुरीले यस प्रदेशका लागि जसरी मधेश शब्द यथार्थ बनि सकेको भएपनि मिथिला र भोजपुरालाई त्यस नाउँमा छोड्न नमिल्ने बताए । मिथिला र भोजपुरा यहाँको संस्कृति भएकोले संस्कृतिलाई छोडेर अगाडी जानुले दलहरुमा रहेको अज्ञानता प्रष्ट्याएको बताए । उनले यसको समाधानका लागि मिथिला र भोजपुरा संस्कृति संगै मधेशलाई पनि जोडेर अगाडी बढ्नु पर्नेमा जोड दिए । नेकपाका नेता शितल झाले यस प्रदेशको ऐतिहासिकता र पौराणिकता मिथिलाले नै झल्काउने भएकाले यस बिरुद्ध कार्य गर्नु अनुचित हुने बताए । दलहरुले ल्याएको अहिलेका प्रस्तावहरु अधार्मिक, अपौराणिक र अऐतिहासिक रहेको उनको भनाई थियो । नेता झाले मधेशको २२ वटै जिल्ला समेटिएको भए आफूहरुलाई मधेश शब्द स्वीकार्य हुने थियो तर विशुद्ध रुपमा मिथिला क्षेत्र रहेको यी ८ वटा जिल्लालाई मात्रै मधेश नामाकरण गरिए मान्य नहुने बताए । राजपाका नेता कृष्णा कुमार सिंह मधेश पार्टीको एजेण्डा रहेकोले यसलाई छोड्न नमिल्ने तर्क गरे । उनले मधेश पार्टीको एजेण्डा रहेपनि आफू मिथिलाको बिरोधी नरहेको स्पष्ट पारेका थिए । अहिले पनि समय रहेको यी सबैको मिलन बिन्दु के हुन सक्छ त्यसमा छलफल गर्नका लागि सबै पक्षलाई आग्रह गरे । मिनापका अध्यक्ष प्रमेश झाले मिथिलाको पक्षमा माहौल बनाउनका लाई सबै दलसंग चाँडै लबिंग गर्ने जानकारी दिएका छन् । उनले प्रदेशको नाममा मिथिला नछुटाउने गरी दवाब श्रृजना गर्ने दावी गरे ।

Share this
Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *