
भदौ १४। नेकपा एमाले छाडेर नेकपा (एकीकृत) समाजवादीतिर लागेका प्रदीप नेपालले माधव नेपालको साथ छाडेको घोषणा गरेका छन्। निर्वाचन आयोगमा नेकपा एकीकृत समाजवादी दल गठनका लागि सनाखतका लागि पुगेका नेपालले एक साता नबित्दै माधव नेपालले धोका दिएको भन्दै विदा मागेका हुन्।
मदन भण्डारीद्वारा प्रतिपादित बहुदलीय जनवादलाई अंगिकार गर्ने गरी आफूले माधव नेपाललाई साथ दिए पनि त्यस विषयमा धोका दिएकाले विदा लिएको उनले बताएका छन्।
‘ पार्टीको मार्गदर्शक सिद्धान्तमा जनताको बहुदलीय जनवाद उल्लेख गर्नुपर्ने आफ्नो अडान रहेको भन्दै नेता नेपालले भनेका छन् ‘बारम्बारको कुराकानीमा मैले जबज हुँदैन भने मेरो नाम नलेख्नुस् भनेको थिएँ । तर आखिरमा तपाईंबाट पनि मैले धोकाकै उपचार लिएर जानुपर्ने भो । विदा ।’
Share this