
जनकपुरधाम, असार ६ ।
धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाले डुबेर मृत्यु भएको बालिकाको परिवारलाई राहत रकम हस्तान्तरण गरेको छ ।
मुखियापट्टी मुसहरनिया गाउँपालिका वडा नम्बर ६स्थित डुबेर मृत्यु भएको बालिकाको परिवारलाई गाउँपालिका अध्यक्ष मनोजकुमार यादव र उपाध्यक्ष मिरा देवी महतोले संयुक्त रुपमा राहत रकम हस्तान्तरण गरेका हुन् ।पाँचै बालिकाको परिवारलाई १ लाख ५१ हजारको चेक हस्तान्तरण गरिएको हो ।यस अघि प्रदेश सरकारले समेत पाँचै बालिकाको परिवारलाई १÷१ लाख रुपैयाको राहत रकम उपलब्ध गराउने घोषणा गरेको थियो ।

केही दिन अगाडी मात्रै मुखियापट्टी मुसहरनियास्थित वडा नम्बर ६मा रहेको हुलास यादवको खेतमा निर्माणधिन पोखरीमा डुबेर ५ बालिकाको मृुत्यु भएको थियो ।मृत्यु हुनेमा १३ वर्षिया मञ्जु पूर्वे, १२ वर्षीया लक्ष्मीनिया यादव, १० वर्षीया चन्दाकुमारी भगत, १२ वर्षीया चान्दनी ठाकुर र १२ वर्षीया ललिता साह रहेकी थिइन् ।