नयाँ समाचारसंसार

पुटिनलाई गिरफ्तार गर्नेलाई १० लाख डलर पुरस्कार

मस्को, फागुन २० ।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई पक्राउ गर्ने ‘अफिसर’लाई पुरस्कारस्वरूप १० लाख अमेरिकी डलर प्रदान गर्ने एक रुसी व्यवसायीले घोषणा गरेका छन् ।

यस्तो घोषणा गर्ने रुसका नागरिक एलेक्स कोनानिहिन पूर्वबैंकर पनि हुन् । कम्युनिस्ट शासनको अन्त्यतिर उनले रुसमा एक निजी बैंकको स्थापना गरेका थिए ।

अन्तर्राष्ट्रिय कानुनअन्तगत आपराधिक युद्ध गराएको मामिलामा पुटिनलाई गिरफ्तार गर्ने व्यक्तिलाई सो रकम पुरस्कार दिने उनले बताएका छन् । उनले यसबारे आफ्नो सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

“पुटिनलाई रुसका वास्तविक राष्ट्रपति नै भन्न मिल्दैन, किनकि रुसी अपार्टमेन्ट भवन विस्फोट गरिएको विशेष अपरेसनको नतिजस्वरूप उनी राष्ट्रपति बनेका थिए । उनले त्यति बेला नै आफ्ना विपक्षीहरूको हत्या गरेर कानुन उल्लंघन गरेका थिए । त्यसैले एक जातीय रुसी र रुसकै नागरिक भएको नाताले रुसको हितलाई म आफ्नो नैतिक जिम्मेवारी सम्झन्छु । पुटिनको क्रुरताको बहादुरीपूर्ण सामना गरिरहेको युक्रेनको प्रयासलाई म सकेसम्म सहयोग गरिरहनेछु,” कोनानिहिनले लेखेका छन् ।

उनको सामाजिक सञ्जाल पोस्टमा पुटिनको तस्बिर पनि राखिएको छ, जसको तल ‘वान्टेड’ लेखिएको छ ।

उनले बिजनेस इन्साइडरयसँग कुरा गर्दै थप भनेका छन्, “यदि, पर्याप्त मानिसले यस्तै किसिमको विरोध प्रयास जारी राख्ने हो भने पुटिन गिरफ्तार हुने र सबैले न्याय पाउने सम्भावना बढ्नेछ ।”

भाइसका अनुसार कोनानिहिनको कुल सम्पति कुनै बेला ३० करोड डलर थियो । उनी विभिन्न टेलिभिजन सिरिजमा पनि देखिएका छन् ।

उता, पुटिनले देशमा मार्सल ल ९फौजी शासन० लागु गर्ने चर्चा व्यापक छ । जसका कारण रुसी नागरिक समेत देश छाडेर भागिरहेको बताइएको छ । फक्स न्युजबाट ।

Share this
Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *