अन्यनयाँ समाचार

पीपरा गाउँपालिकाको बजेट ४७ करोड

जनधारा डेली

जनकपुरधाम, असार १० गते । अगामी आर्थिक वर्ष २०७७।०७८ को लागि ४७ करोडको बजेट महोत्तरीको पीपरा गाउँपालिकाले विनियोजन गरेको छ । बुधबार भएको छैठौं गाउँसभामा ४७ करोड २१ लाख ५८ हजार ६ सय रुपैयाँको बजेट प्रस्ताव गरेको प्रमुख विक्रम चौधरीले जानकारी दिए ।

ससर्त अनुदान र गाउँपालिकाका चाल आ.वको आम्दानी समेत जोडेर बजेट विनियोजन गर्नु पर्ने भएकाले चालु र पुजिँगत बजेट छुट्याउन बाँकी रहेको प्रमुख प्रशासकीय अधिकृत रामकिशोर महतोले जानकारी दिए ।

सौहार्दपूर्ण वातावराणमा गाउँसभा भएको हो र गाउँपालिकाले प्रत्यके वडामा समान रुपले १ करोड ४० लाख रुपैयाँ विनियोजन गरेको गाउँपालिका प्रमुख चौधरीले बताए । दाइँजो न्युनिकरणको लागि गाउँपालिका अध्यक्ष कन्यादान योजना पृथक नीति तथा कार्यक्रम ल्याएको छ । यस्तै अगामी आ.व. २०७७।०७७ को बजेटमा कृषिलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको प्रमुख चौधरीको भनाइ छ ।

Share this
Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *