अन्यनयाँ समाचार

पर्सामा दुई वटा ट्रक सशस्त्र प्रहरी नियन्त्रणमा

पर्सा, चैत्र २३

पर्सा सशस्त्र प्रहरीले दुई वटा मालवाहक ट्रकलाई नियन्त्रणमा लिएको छ ।
करोडौँ रुपैयाँको अवैध सामग्री बोकेको दुईवटा मालबाहक ट्रकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रज्ञापन पत्र बिना वीरगन्जबाट पथलैया जाँदै गरेको ना७ख ९४२ र ना२ख ९५४३ नम्बरको ट्रकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका थियो ।

सशस्त्र प्रहरी बल १३ नम्बर मुख्यालय पर्साबाट खटेको टोलीले मंगलबार राति साढे ८ बजे ट्रक नियन्त्रणमा लिएको थियो ।

ना७ख ९४२ नम्बरको ट्रकमा ५१ लाख ९२ हजार रुपैयाँ बराबरको कपडा र मालसामान रहेको र ना२ख ९५४३ नम्बरको ट्रकमा ९४ लाख ५३ हजार रुपैयाँ बराबरको मेडिकल सामग्री, औषधी र खुद्रा सामानहरू रहेको सशस्त्र प्रहरीले छ ।

आवश्यक कारबाहीका लागि दुबै ट्रकलाई आज राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाएको सशस्त्र प्रहरीले जनाएको छ ।

Share this
Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *