नयाँ समाचार

पत्रकार महासंघ धनुषा शाखालाई सांसद जुली महतोले दिइन् ५ सेट कम्प्युटर

जनकपुरधाम, असोज १२ गते

नेपाल डिजिटल युगमा प्रवेश गर्न लागेको बेला संघीय सांसद जुली कुमारी महतोले नेपाल पत्रकार महासंघ धनुषा शाखालाई करिब तीन लाख पचास हजार रुपैया बराबरको ५ थान कम्प्यूटर , कम्प्यूटर टेबल र चेयर सहयोग गरेकी छिन् ।

सांसद महतोले आइतबार उक्त कम्प्यूटर धनुषा शाखालाई एक कार्यक्रमका बिच अध्यक्ष अनिल मिश्रलाई हस्तान्तरण गरिन् । धनुषा क्षेत्र नं.३ बाट समानुपातिक तर्फकी सांसद महतोले पत्रकारिता क्षेत्रको विकासका लागि उक्त कम्प्यूटर प्रदान गरेको बताईन् ।

सांसद महतोले नेपाल पत्रकार महासंघलाई उक्त सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा समेत आफ्नो तर्फबाट अन्य सहयोगहरु गर्ने प्रतिवद्धता समेत जनाइन् । उनले आफ्नो निजीकोषबाट सहयोग गरेको बताइन् ।साथै केहि दिनमा नै साउनड सिस्टम सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन । कार्यक्रममा वरिष्ठ पत्रकार बि.एम.खनालले यस्ता सहयोगहरुले पत्रकारहरुका लागि पढ्ने र अनुसन्धान गर्न महत्वपूर्ण थलो हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा महासंघ धनुषा शाखाका अध्यक्ष अनिल मिश्रले यस्तै सहयोगले संस्था संचालन हुने बताउँदै अन्य सहयोगी हातहरुलाई पनि सहयोग गर्न आग्रह गरे । कार्यक्रममा विभिन्न संचार सस्था पत्रकारहरु उपस्थिति थियो ।

Share this
Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *