नयाँ समाचार

पक्राउ परेका सांसद साहलाई काठमाडौबाट जनकपुर ल्याइयो

जनधारा समाचारदाता

जनकपुरधाम, असोज २८ गते । त्रिभुवन विमान स्थलबाट जनकपुर विमान स्थल स्थित बुद्ध एअरको काउण्टरमा तोडफोड र हातपात गरेको आरोपमा पक्राउ परेका प्रतिनिधि सभा सांसद प्रमोद कुमार साहलाई अनुसन्धानका लागि जनकपुर ल्याइएको छ । जिल्ला अदालत धनुषाद्वारा विमान स्थल स्थित बुद्ध एअरको काउण्टरमा तोडफोड र विमान संचालनमा बाधा पुरयाएको आरोपमा पक्राउ पुर्जी जारी भए लगतै काठमाडौ विमानस्थलबाट पक्राउ गरी सांसद साहलाई मंगलवार दिउंसो नै जनकपुर ल्याइएको छ ।

काठमाडौबाट ओखलढुंगा जानका लागि त्रिभुवन विमान स्थल पुगेका सांसद साहलाई नेपाल प्रहरीले विमान स्थलमा तोडफोड र विमान संचालनमा वाधा पुरयाएको आरोपमा पक्राउ गरेको थियो । विमान स्थलमा तोडफोड गर्न सांसद साह विरुद्ध नागरिक उड्यान प्राद्यिकरण जनकपुरधामले जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दर्ता गराएको आधारमा सांसद साहलाई पक्राउ गर्न धनुषा प्रहरीले प्रहरी प्रधान कार्यालय र जिल्ला अदालत धनुषालाई आग्रह गरेको थियो । सोमवार दिउंसो सांसद साहले विमान ढिलो भएको भन्दै बुद्ध एअरको काउण्टरमा तोडफोड गरेका थिए । त्यसपछि उनलाई विमानमा कर्मचारीले चढन रोक्न खोज्दा कर्मचारीमाथि हातपात समेत गरेको आरोप रहेको उनीमाथि आरोप रहेको छ ।

सांसद साह दोषी ठहर भएपछि तोडफोड अन्तर्गत नष्ट भएको सामानको बिगो सहितको भरपाई सहित एकवर्षदेखि ५ वर्षसम्म कैद सजाय र विमान संचालनमा वाधा पुरयाएको आरोप ठहर भएमा ५ वर्षदेखि १० वर्षसम्म कैद सजाय हुने व्यवस्था रहेको छ ।

Share this
Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *