अन्यनयाँ समाचार

पक्राउ परेका सांसद प्रमोद साहको घटना अनुसन्धान गर्न अदालतले दियो ४ दिनको म्याद

जनकपुरधाम, असोज २९ । विमान स्थलमा तोडफोड प्रकरणमा पक्राउ परेका सांसद प्रमोद साहको घटना अनुसन्धानका लागि अदालतले ४ दिनको म्याद दिएको छ । प्रहरीले पक्राउ गरेर सांसद प्रमोदकुमार साहलाई अदालतमा उपस्थित गराएपछि जिल्ला अदालत धनुषाले ४ दिनको म्याद थप गरेको हो । प्रहरीले अनुसन्धानका लागि १० दिनको म्याद मागेको भएपनि न्यायधिश तिर्थ प्रसाद केसीले ४ दिनको म्याद उपलब्ध गराएको जिल्ला अदालत धनुषाका श्रेष्तेदार यज्ञप्रसाद आचार्यले जानकारी दिएका छन् । जनकपुर विमानस्थलस्थित वुद्ध एयरको काउण्टरमा तोडफोड गरेको आरोपमा सांसद साहलाई पक्राउ गरेर प्रहरीले गैर सैनिक विमान सम्बन्धी कसुरको अनुसन्धान थालेको छ । अनसन्धानका लागि कार्तिक १ गतेसम्मको म्याद दिइएको र २ गते विदा परेकाले ३ गते सांसद साहलाई अदालतमा उपस्थित गराइने श्रेष्तेदार आचार्यले बताए । उनका अनुसार प्रहरीले अनुसन्धान गर्न फेरी म्याद थप्नका लागि माग गर्न सक्ने अनुमान गरिएको छ । अदालतमा उपस्थित भएका सांसद साहले न्यायपालिकाको म सम्मान गर्छु, न्यायपालिकाले जे गर्छ त्यो आफूलाई स्वीकार्य रहेको संक्षिप्त प्रतिक्रिया दिएका छन् । उनले सही र गलत छुट्याउने जिम्मा जनतामाथि छोडेको बताए । अदालतले अनुसन्धानका लागि ४ दिनको म्याद दिएपछि उनलाई थुनामै ४ दिन बस्नु पर्छ ।

Share this
Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *