अन्यनयाँ समाचार

नेशनल इन्जिनियर्स एशोसिएसनको शुभकामना आदान प्रदान

जनकपुरधाम। नेशनल इन्जिनियर्स एशोसिएसनले छठ पर्वको पूर्व सन्ध्यामा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।

प्रदेश दुइका इन्जिनियरहरुको प्रथम भेलाको अवसर पारेर आयोजना गरिएको शुभकामना आदान प्रदान कार्यक्रममा प्रदेश २ को भौतिक संरचनाको विषयमा समेत छ्लफल गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै प्रदेश २ को आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले प्रदेशको भौतिक संरचना मजबुत पार्ने जिम्मा इन्जिनियरहरु कै काधमा रहेको बताए । इन्जिनियरहरुले नै प्रदेशलाइ मजबुत भौतिक संरचनाको हिसाबले अगाडी बढाउन सक्ने भएकोले आउने दिनमा इन्जिनियरहरुको भूमिका महत्वपूर्ण रह्ने बताए । भेलामा ८ वटै जिल्लाका इन्जिनियरहरुको सहभागिता रहेको थियो ।

एशोसिएसनका महासचिव तपेश्वर यादवले प्रदेशमा रहेका इन्जिनियरहरुलाइ दक्ष बनाउनका लागि प्रदेश सरकारले अगुवाइ गर्नु पर्नेमा जोड दिए । उनले इन्जिनियरहरुको दक्षता अभिवृद्धिका साथै भविस्य राम्रो बनाउनु र प्रदेश भौतिक संरचना मजबुत बनाउनु हाम्रो दायित्व रहेको बताए । कार्यक्रममा प्रदेश २का आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषा यादव, प्रदेशसभा सदस्य परमेश्वर साह लगायतले आफ्नो मन्तव्य राखेका थिए ।

Share this
Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *