अन्यनयाँ समाचार

नेकपा संकट : कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले आफूविरुद्ध अविश्वास प्रस्ताव ल्याउने प्रमुख सचेतकलाई गरे बर्खास्त

जनकपुरधाम, असोज २६ गते । कर्णाली प्रदेशका मुख्यमन्त्री एवम् नेकपा प्रदेश सभा दलका नेता महेन्द्रबहादुर शाहीले नेकपा संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहलाई पदमुक्त गरेका छन् । आफूविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव ल्याएपछि मुख्यमन्त्री शाहीले शाहलाई प्रमुख सचेतकबाट हटाएका हुन् ।

‘ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) कर्णाली प्रदेश सभा दलको नेताको हैसियतमा प्रदेशसभा दलको विधानको धारा ७ अनुसार प्रमुख सचेतकमा नियुक्त गरिएको तपाईंका कामकारबाही सन्तोषजनक नभएकोले आजसम्म गरेको कामका लागि धन्यवाद दिँदै तपाईंलाई प्रमुख सचेतकको जिम्मेवारीबाट मुक्त गरेको छु’, मुख्यमन्त्री शाहीद्वारा हस्ताक्षरित पदमुक्त गरेको पत्रमा भनिएको छ । पदमुक्त गरिएको पत्रको बोधार्थ नेकपा कर्णाली प्रदेश, केन्द्रीय कार्यालय र प्रदेशसभा सचिवालयमा पठाइएको छ ।यस्तै मुख्यमन्त्री शाहीले यसअघिकी सचेतक सीताकुमारी नेपालीलाई प्रमुख सचेतकमा नियुक्त गरेका छन् ।

प्रदेश सरकारको कार्यशैली र नेताहरुबीचको विवादका कारण त्यहा संसदीय दलमा मुख्यमन्त्री समेत रहेका दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

शाह पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली निकट हुन् भने नेपाली अर्का अध्यक्ष पुष्पकमल दाहाल निकट हुन् । प्रस्ताव दर्ता गराउनेमा पूर्वएमालेका १५ सांसद छन् । जसमा ओली पक्षका ८ जना, वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका ७ जना छन् । मुख्यमन्त्री शाहीको पक्षमा भने अहिलेसम्म १० सांसद रहेका छन् । १३ मध्ये तीन सांसदले हस्ताक्षर नै गरेपछि उनि अप्ठेरोमा परेका छन् ।

Share this
Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *