अन्यनयाँ समाचारराजनीति

नेकपा एमालेले गरे स्थानीय तह निर्वाचन लक्षित कार्यविभाजन

जनकपुरधाम, वैशाख १ गते ।

स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेले व्यवस्थितरुपमा परिचालन गर्नका लािग कार्य विभाजन गरेको छ ।

मधेश प्रदेशका विभिन्न जिल्ला हेर्ने गरि एमालेको मधेश प्रदेश समिति वैठकबाट कार्य विभाजन गरेको हो ।

एमाले मधेश प्रदेश इन्चार्ज समेत रहेका केन्द्रिय सचिव रघुवीर महासेठलाई धनुषा र महोत्तरीको जिम्मेवारी दिइएको छ भने प्रदेश सह इन्चार्जहरु प्रभु साहलाई सर्लाही र रौतहट, लिलानाथ श्रेष्ठलाई सिरहा, सुमनराज प्याकुरेललाई सप्तरी, पुरुषोत्तम पौडेल, अच्युतम मैनाली र ज्वाला कुमारी साहलाई बारा जिल्लाको जिम्मेवारी दिइएको भने प्रदेश अध्यक्ष राम औतार यादवलाई पर्सा जिल्लाको जिम्मेवारी बाँडफाँड गरि कार्य विभाजन गरेको एक प्रेस विज्ञप्ति जारी गरि जनाइएको छ ।

त्यसैगरि मधेश प्रदेश वैठकबाट प्रदेश कमिटीका सम्पुर्ण सदस्यहरुलाई आ–आफ्नो पालिकामा खट्ने गरि जिम्मेवारी तोकिएको नेकपा एमाले मधेश प्रदेश समितिले जनाएको हो ।

त्यसैगरि सो वैठकबाट निर्वाचन परिचालन कमिटी मधेश प्रदेश स्थानिय निर्वाचन परिचालन कमिटी र विशेष निर्वाचन परिचालन कमिटी समेत गठन गरिएको जनाइएको छ ।

विशेष कमिटीको संयोजक रघुवीर महासेठ, सहसंयोजक प्रभु साह र सदस्य सचिवमा रामऔतार यादवलाई चयन गरिएको छ ।
त्यस्तै प्रदेश निर्वाचन परिचालन कमिटीको संयोजकमा महासेठ, सहसंयोजकमा प्रभु साह र सदस्य सचिवमा रामऔतार यादव तथा सदस्यहरुमा प्रदेश सह ईन्चार्जहरु, पोलिटब्यरो सदस्यहरु, केन्द्रिय कमिटी सदस्यहरु प्रदेशका संघिय सांसदहरु, पुर्व मन्त्रीहरु, संविधान सभाका सदस्यहरु, प्रदेश सभाका सदस्यहरु, पूर्व सांसदहरु, प्रदेश कमिटीका पदाधिकारी तथा सदस्यहरु, जिल्ला समन्वय समितिका संयोजकहरु, पूर्व जि.वि.स सभापति तथा उपसभापतिहरु, पालिकाको मेयर, उपमेयर, अध्यक्ष तथा उपाध्यक्षहरुसमेत गरि ५०१ सदस्यीय कमिटी गठन गरिएको मधेश प्रदेश अध्यक्ष यादवले बताए ।

त्यसैगरी जिल्ला निर्वाचन परिचालन विशेष कमिटी समेत गठन गरिएको छ । सो कमिटीको भने संयोजक पद रित्त राखिएको छ ।
मधेश प्रदेश अध्यक्ष यादवले जनाए अनुसार प्रदेशबाट तोकिएको नेतालाई संयोजकको जिम्मेवारी दिइने छ भने, सदस्यहरुमा पोलिटव्यूरो सदस्य, जिल्ला ईन्चार्ज, प्रदेश पदाधिकारीहरु र सदस्य सचिवमा जिल्ला कमिटीका अध्यक्ष रहने छन् ।

Share this
Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *