अन्यराजनीति

नेकपामा वामदेवलाई संगठन विभाग सचिवालय बैठक बस्दै

५ साउन । पूर्व उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को महत्वपूर्ण जिम्मेवारी पाउनु हुने भएको छ । नेकपाले चर्चित नेता गौतमलाई संगठन विभाग प्रमुख बनाउँदै छ ।

विभागहरूका बारेमा निर्णय गर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालयको बैठक आइतबार बस्दैछ ।

बैठक बिहान ११ बजे बालुवाटारमा बोलाइएको छ । बैठकमा एकताका लागि बाँकी रहेको प्रक्रिया पूरा गर्ने प्रयास हुनेछ ।

पार्टीका मुख्य विभागहरुको नेतृत्वको टुंगो लगाउन बैठक बोलाइएको हो । अधिकांश विभागमा मौखिक सहमति भए पनि पार्टीको स्कूल विभागको नेतृत्वबारे विवाद जारी छ । स्कूल विभागको नेतृत्वका लागि ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठको प्रमुख दाबी गर्दै आएका छन् ।

Share this
Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *