नयाँ समाचार

नेकपामा युवा ईन्जिनियर साह प्रवेश

जनकपुर, पुस २१

जनकपुरधामका धनाढ्य तथा प्रतिष्ठित घारानाका एक युवक नेकपामा प्रवेश गरेका छन् । जनकपुरधाम वडा नम्बर १४ स्थित मुजेलिया बस्ने रामस्वरुप साहका नाति तथा समाजसेवी इन्जिरियर प्रकाश चन्द्रका छोरा ईन्जिनियर बिकासचन्द्र साह सोमबार एक कार्यक्रम बीच नेकपामा प्रवेश गरेका हुन् ।

युवा ईन्जिनियर विकासचन्द्र साहलाई पुर्व मन्त्री तथा केन्द्रिय सदस्य यदुवन्श झा र अर्का केन्द्रिय सदस्य एवम् धनुषा ईन्चार्ज श्रवण यादव बरबरिया जिवन लगायतकाले फुलमाला र अविरले स्वागत गर्दै पार्टी प्रवेश गराएका थिए ।

नेकपा धनुषा अध्यक्ष राजकिशोर यादवको अध्यक्षतामा भएको प्रवेश कार्यक्रममा नव प्रवेशी ईन्जिनियर साहले मुलुकको बिकास र समृद्धिका लागि नेकपालाई सहयोग र साथ दिनका लागि आफू नेकपामा प्रवेश गरेको बताए । नेकपा धनुषा जिल्ला सदस्य दिपक पटेलको पहलमा समाजसेवी ईन्जिनियर प्रकाशचन्द्र साहका छोरा ईन्जिनियर विकासचन्द्र साह नेकपामा प्रवेश गरेका छन् । सेक्रेटरी दिपक यादवले नव प्रवेशी ईन्जिनियर साहलाई स्वागत गरेका थिए ।

Share this
Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *