नयाँ समाचार

नेकपाका तीन शीर्ष नेताले माग्यो प्रधानमन्त्रीको राजीनामा


जनधारा डेली ।
जनकपुरधाम, असार १६ ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालसहित दुई वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनालले प्रधानमन्त्रीको राजीनामा भारतले नभई आफूले मागेको बताएकपछि नेकपामा विवाद सुरु भएको छ ।
मंगलवार बसेको नेकपाको स्थायी कमिटी बैठकमा तीन शीर्ष नेताहरुले ओलीलाई ‘तपाईँको राजीनामा भारतले होइन, मैले मागेको हो, तपाईँले पार्टी विधि र पद्धतिलाई अस्वीकार गर्न पाउनुहुन्न’ भनेको एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।
‘तपाईँ मेरो राजीनामा भारतले माग्यो भनेर भन्नुहुन्छ। त्यस्तो होइन, तपाईँको राजीनामा विगतमा पनि मैले नै मागेको हो अहिले पनि मैले नै हो’, बैठकमा तीन शीर्ष नेताहरुले भनेको ती नेताले बताए।
दाहालले प्रधानमन्त्रीलाई पदमा कायम गर्ने अथवा हटाउने काम पार्टीभित्रैबाट हुने कुरा सबैले बुझ्न पर्ने पनि बैठकमा बताएका थिए । प्रचण्डले भारतविरुद्ध जथाभावी बोलेर ओलीले पार्टीको प्रतिष्ठा गिराएको गम्भीर आरोप समेत लगाएका छन्।
‘भारतविरुद्ध बोलेर तपाईँले पार्टीको प्रतिष्ठा गिराउनु भो । भारतसँग त्यसरी जुधेर अन्तर्राष्ट्रिय सम्बनध सन्तुलित पार्न सकिँदैन,’ प्रचण्डले भनेका थिए ।
जवाफमा प्रधानमन्त्री ओलीले पार्टीको बैठकमा भएका कुरा दिल्लीको मिडियामा हुबहु कसरी मिले भनेर प्रश्न गरेको स्रोतले बताएको छ।

Share this
Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *