नयाँ समाचार

नमूना मतदान अभ्यास सम्पन्न

जनधारा समाचारदाता

जनकपुरधाम, माघ ५ ।प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा निर्वाचन कार्यालय धनुषाले माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनलाई दृष्टिगत गर्दै मतदान गर्ने विधिको विषयमा नमूना मतदान गरेको छ । महेन्द्र नारायण निधि सांस्कृतिक भवनमा आइतबार एक कार्यक्रमको आयोजना गरी मतदान कसरी गर्ने विषयमा नमूना मतदान गरिएको हो ।

मतदान गर्ने सही विधि, मतपत्र बदर नहोस् र मतदान गर्ने समयमा कति लाग्ने भन्ने समय निर्धारण सहितका विषयमा समेत स्पष्ट पारिएको थियो । नमूना मतदान तथा अन्तरकृया कार्यक्रममा प्रदेश सभा सदस्य ,पालिका प्रमुख र उप प्रमुख बीच नमूना मतदान अभ्यास गरिएको जिल्ला निर्वाचन कार्यालय धनुषाका प्रमुख पुष्पा झाले बताइन । सोही कार्यक्रममा मतदानको विषयमा मतदाताहरुसंग अन्तरकृया समेत गरिएको थियो । कार्यक्रममा राष्ट्रिय सभा सदस्य निर्वाचनका निर्वाचन अधिकृत राजु कुमार खतिवडाले मतदान गर्ने तरिकामाथि प्रकाश पारेका थिए ।

Share this
Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *