नयाँ समाचार

नगराईन नपाका सब ईन्जिनीयर ५५ हजार रुपैया सहित पक्राउ

जनकपुरधाम, साउन २४ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको नगराईन नगरपालिकाका सव ईन्जिनीयर उमेश मण्डललाई घुस लिएको आरोपमा पक्राउ गरेको छ । अख्तियारले विशेष सूचनाको आधारमा मण्डललाई जनकपुर अंचल अस्पतालको अगाडिबाट घुसको रकम ५५ हजार रुपैया सहित पक्राउ गरेको हो । अख्तियारले जनाए अनुसार सव ईन्जिनीयर मण्डलले सेवाग्राहीसँग सम्पन्न भएको योजनाको भुक्तानी गराई दिने भन्दै ५५ हजार घुस मांग गरेको थियो । सोही क्रममा शुक्रवार बेलुका सबा ६ बजे विशेष सुचनाको आधारमा सुराकीको रुपमा अख्तियारको बर्दिबास कार्यालयबाट खटिएका टोलीले जनकपुर अंचल अस्पताल अगाडिबाट उनलाई रंगहात पक्राउ गरेका हुन ।

Share this
Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *