नयाँ समाचारराजनीति

धार्मिक पर्यटकीय नगरीको रुपमा जनकपुरधामको विकास गर्ने प्रतिवद्धता

जनकपुरधाम, बैशाख १९ गते ।

नेकपा एमालेबाट जनकपुरधाम उपमहानगरपालिकामा मेयर पदका उम्मेदवार शिवशंकर साह हिराले जनकपुरधामलाई धार्मिक पर्यटकीय नगरीको रुपमा विकास गर्ने बताएका छन् ।

आइतबार जनकपुरधाम स्थित कुवारामपुरमा अकांक्षी मेयरका उम्मेदवार हिराले जनकपुरधाममाका मठ मन्दिरलाई व्यवस्थित गरेर पर्यटकहरुलाई आकर्षित गर्ने ढंगले यहाँको चौतर्फि विकासका लागि आफूले योजना बनाएर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

कुपेश्वरनाथ महादेव मन्दिरको दर्शन पछि स्थानीय मतदाताहरुसंँग कुरा गर्दै हिराले आफू नगरप्रमुखमा निर्वाचित भए जनकपुरधामलाई धार्मिक पर्यटकीय नगरीको रुपमा विकासका लागि पहल गर्ने बताए ।

उनले सामुदायिक विद्यालय र कलेजलाई स्मार्ट स्कूल र कलेजको रुपमा रुपान्तरण गर्ने आफ्नो लक्ष्य रहेको बताए ।
मेयर पदका उम्मेदवार भने, ‘वडा वडामा निःशुल्क एम्बुलेन्स क्लिनिक संचालन गरिने छ । क्लिनिकमा उपचार सहित निःशुल्क प्याथलोजीको व्यवस्था रहनेछ ।’

उनले जनकपुरधामको पौराणिक एवं ऐतिहासिक मन्दिरहरु मध्ये एक कुपेश्वरनाथ मन्दिरलाई समेत व्यवस्थित गर्नतर्फ कुवाका मतदाता समक्ष वचनवद्धता व्यक्त गरे ।

यसअघि यहाँ शिक्षा स्वास्थ्यको नाममा लाखौँ करोडौँ रुपैयाँको भ्रष्टाचारी भएको भन्दै हिराले आफू निर्वाचित भएपछि जनकपुरधाम उपमहागरपालिकालाई भ्रष्टाचारमुक्त बनाएरै छोड्ने बताए । भ्रष्टाचारमुक्त अभियानको शुरुवात उपमहानगरको कार्यालयबाटै गरिने उनले बताए ।

Share this
Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *