अन्यनयाँ समाचार

धनुषामा ३ लाख ५६ हजार लुटिएको नाटक गर्नेसहित तीन जना पक्राउ

जनधाराडेली जनकपुर ८ साउन । धनुषामा दिनदहाडै रकम लुटिएको नाटक गर्नेसहित तीन जना पक्राउ परेका छन्।

रकम लुटिएको नाटक गर्ने युवक धनुषाको यदुकोहास्थिति मोटरसाइकल सोरुममा कार्यरत कमला नगरपालिका २ का २० वर्षीय धिरजकुमार अधिकारीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 धिरजसंगै शहीदनगर नगरपालिका ७ ताराटोल बस्ने २१ वर्षीय सुजित मण्डल र जनकपुर उपमहानगरपालिका १६ का २१ वर्षीय छोटु झा पनि पक्राउ परेका छन्।

सोरुमको ३ लाख ७६ हजार रुपैयाँ लिएर बैंकमा जम्मा गर्न जनकपुर आउँदै गरेको अवस्थामा बुधबार १५:३० बजेको समयमा जनकपुरधाम उपमहानगरपालिका १७ कपिलेश्वर जलाद पुलनजिकै अज्ञात समूहले रकम लुटेको धिरजले प्रहरीलाई सूचना दिएका थिए।

धिरजसहित पक्राउ परेका तीनैजनाले बैंकमा जम्मा गर्न जाने रकम TVS सो रुम यदुकुहालाई झुक्याई सो रकम आपसमा भागवण्डा गर्ने सर्तमा योजना बनाई नक्कली लुटपाटको योजना बुनेका थिए।

धिरजले रकम लुटिएको विषयमा प्रहरीलाई दिएको सूचनाको आधारमा घटनाको अनुसन्धान गर्दै जाँदा तीनै जनाले लुटपाटको नाटक गरेर सोरुमको पैसा भागवण्डा गर्न खोजेको खुलेको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले बताए।

सोरुमको लुटिएको रकम ३ लाख ७६ हजार रुपैयाँ सहित धिरज कुमार अधिकारी, छोटु झा र सुजित मण्डलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको । डीएसपी कार्कीले बताए। तीनै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

Share this
Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *