अन्यनयाँ समाचार

धनुषामा स्कारपियोको ठक्करबाट एकको मृत्यु

जनकपुरधाम, चैत्र २० ।

धनुषामा स्कारपियोको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकराही बस्ने वर्ष ३५ को बौका भन्ने हरिचरण मण्डल रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

हुलाकी राजमार्गको विदेहनगरपालिका वडा नंं ७ मा जनकपुरधामबाट कमला तर्फ जाँदै गरेको बी.आर. ० पी.बी.३९०२ नम्बरको स्कारपियोको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको धनुषा प्रहरीले जनाएको हो ।

स्कार्पियोको ठक्करबाट अन्य दुईजना घाइते भएका छन् । घाइतेको उपचार प्रदेशिक अस्पताल जनकपुरधाममा भईरहेको छ । गाडी अत्यधिक गतिमा भएका कारणले दुर्घटना भएको हुन सक्ने अनुमान गरिईएको छ ।

ठक्कर दिने स्कारपियो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Share this
Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *