नयाँ समाचारविज्ञान / स्वास्थ्य

धनुषामा बैशाख ८ देखि टाइफाइड रोग विरुद्धको खोप अभियान सुरु हुँदै

जनकपुरधाम, ४ बैशाख ।

धनुषामा टाइफाइड रोग विरुद्धको खोप अभियान सुरु हुँदैछ । बैशाख ८ देखि १६ गतेसम्म यस जिल्लाका १८ वटै स्थानीय तहमा टाइफाइड विरुद्धको खोप अभियान सञ्चालन हुन लागेको हो ।

बैशाख ८ गतेदेखि १६ गतेसम्म १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई खोप लगाइने स्वास्थ्य कार्यालयले सञ्चारकर्मीसँगको अन्तरक्रियामार्फत् जानकारी दिएको छ ।

जसअन्तर्गत जिल्लाका १५ महिनादेखि १५ वर्षसम्मका २ लाख ९६ हजार ७७५ जना बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने छ । स्वास्थ्य कार्यालय धनुषाका निमित्त कार्यालय प्रमुख युगलकिशोर यादवका अनुसार खोपबाट बचाउन सकिने रोगहरूलाई शून्यमा झार्ने नेपाल सरकारको लक्ष्य अनुसार यस जिल्लामा पनि टाइफाइड विरुद्ध खोप अभियान सञ्चालन गर्न थालिएको हो । पूर्ण खोपको सुनिश्चितता गर्न, खोप कभरेज ९५ प्रतिशत पु¥याउने जिल्लामा अभियानकै रूपमा खोप दिन थालिएको छ ।

उनले भने, ‘टाइफाइड दूषित पानी र खानेकुराबाटै संक्रमण हुने रोग हो । चैत र वैशाखमा धुलो धुवाँ बढ्ने, गर्मीले खानेकुरा पनि सफा नहुने भएकोल रोग फैलिने जोखिम हुन्छ ।

बेलैमा सचेत रहन तथा टाइफाइडबाट बालबालिकालाई खोप अभियान चलाउने तयारी गरिएको हो ।’ उनका अनुसार खोपबाट कोही बालबालिका नछुट्ने गरी जिल्लाका सबै वडास्तरसम्मका विद्यालयमा पनि खोप टोली परिचालन गरिने छ । धनुषामा १५ महिनादेखि ४ वर्षसम्मका ४३ हजार ९९६ र ४ वर्षदेखि १५ वर्षसम्मका १ लाख ७४ हजार १९७ जना बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने छ ।

स्वास्थ्य कार्यालयका अनुसार धनुषा जिल्लामा निजी र सामुदायिक गरी ७६२ विद्यालयहरु सञ्चालनमा रहेका छन् । जिल्लाभरिमा १ हजार ६२ खोप केन्द्रमार्फत खोप अभियान सञ्चालन गरिनेछ भने २ हजार १२४ जना स्वयंसेवक परिचालन गरिने छन् । त्यस्तै, २१५ वटा खोप टिम खटाइनेछ भने १६८ जना स्थानीय सुपरभाइजरसमेत खट्ने भएका छन् ।

सरकारी तथ्यांकमा पछिल्लो पाँच वर्षको अवधिमा नेपालमा ४ लाख ५० हजार बालबालिका टाइफाइड रोगका कारण बिरामी परेका छन् । बालबालिकालाई जोखिमबाट जोगाउन नेपालका ७५ लाख डोज टाइफाइड विरुद्धको खोप लगाउन लागिएको हो । जिल्लाका सबै बालबालिकालाई खोप सेवामा सहभागी गराउन वडा तहसम्म खोप समन्वय समिति गठन गरिएको कार्यालय प्रमुख यादवले जानकारी दिए ।

Share this
Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *