अन्यनयाँ समाचार

धनुषामा एक यूवकको रहस्यमय हत्या, शव बरामद

जनकपुरधाम, चैत २३

धनुषामा एक यूवकको रहस्यमय तरिकाले हत्या गरिएको फ्यालिएको अवस्थामा शव बरामद भएको छ ।

धनुषाको हँसपुर नगरपालिका वडा नम्बर ७ स्थित गहुँ खेतमा सोही ठाउँका १८ वर्षीय विजय महराको विभत्सपूर्वक हत्या गरिएको अवस्थामा फेला परेको छ ।

धनुषाका प्रवक्ता समेत रहेका प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले मृतक महराको बायाँ आँखाको निधारमा गोली प्रहार भएको देखिएको जनाएका छन् । उनले पछाडि ढाडमा दुई पटक चक्कुले प्रहार गरिएको समेत देखिएको बताए ।

प्रहरी प्रवक्ता समेत रहेका प्रहरी नायब उपरीक्षक बस्नेतले प्रारम्भिक अनुसन्धानबाट महराको हत्या नै भएको देखिएको उनको कथन छ ।

सो शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको उनले बताए ।

यता धनुषा प्रहरीले भने घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Share this
Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *