अन्यनयाँ समाचार

धनुषाका बेपत्ता परिवार भन्छन्– सरकार, साँस वा लास देउँ

जनकपुर, भदौँ १४ । माओवादी द्वन्दकालको क्रममा राज्य पक्ष तथा माओवादीद्वारा बेपत्ता पारिएकाहरु अहिलेसम्म पनि राज्यले फेला पार्न सकेको छैन । बेपत्ता दिवसको अवसरमा आज धनुषामा बेपत्ता परिवारले साँस वा लासको माग गर्दै धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलालाई ज्ञापन पत्र बुझाएका छन् । ज्ञापन पत्र बुझाउने क्रममा प्रमुख जिल्ला अधिकारी बास्तोला समक्ष पीडित परिवारले साँस वा लासको माग गरेका छन् ।

मुलुकमा संघीयता लागु भएसंगै पीडित परिवारले बेपत्ताहरुको सम्बन्धमा तत्कालै छानविन हुने भनि विश्वास राखेको थियो । तर प्रदेश सरकार गठन भएको ४ वर्ष वित्दा पनि सरकारले बेवास्ता गरेको गुनासो उनीहरुको छ । संघीय सरकारलाई विगत करिब डेढ दशक भन्दा लामो समय देखि दवाव स्वरुप ज्ञापन पत्र बुझाउदैँ आएका छन् । तर पीडित परिवारले राज्यबाट १० लाख रुपैयाँ बुझ्ने बाहेक केहि नभएको भन्दै बेपत्ता परिवारका सदस्य प्रकाश यादव गुनासो गरेका छन् ।

राज्यले रकम दिएरै बेपत्ता पारिएकालाई साटेर पीडित परिवारलाई चुप लागेर बस् भन्न खोजेको हो हामीलाई राज्यले दिएको १० लाख रुपैयाँको दोब्बर २० लाख दिन तयार रहेको उनी बताउछन् । २०५९ मै तत्कालिन शाही सेनाको अगुवाईमा गठित संयूक्त कमाण्डले वीरेन्द्र यादवका बुवा, काका लगायत ७ जनालाई पटक पटक गरि बेपत्ता पारेका थिए । बेपत्ता किन पारिएको भनि सोधखोज गर्दा पनि कतैबाट कुनैकिसिमको जवाफ पाईन । बेपत्ता परिवारका सदस्य वीरेन्द्र यादव ले बताए ।

बेपत्ता भएका परिवारजनले लामो समयदेखि नै आफन्तजन खोजिदिनका लागि राज्यसंग औपचारिक अनौपचारिकरुपमा आवाज उठाईरहन्छन् । तर जनताको नाममा यूद्ध गरेको भनिएका तत्कालिन नेकपा माओवादीका नेतृत्वहरु विभाजित भएका छन् । नेतृत्व विभाजन भएपनि मुल नेतृत्वकर्ता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले समेत सरकारको नेतृत्वमा रहेको बेला होस् वा गठबन्धनको सरकारमा रहेको बेलामा पनि बेपत्ता पारिएका परिवारलाई रकम दिलाउने बाहेक केहि गर्ने छाटकाट नदेखाएको प्रति बेपत्ता पारिएका पीडित परिवारहरुको लागि बोल्ने कोहि पनि छैनन् । माओवादी केन्द्र समेतले चुपी साधेको अधिवक्ता राजकुमार महासेठ ले बताए ।

धनुषाबाट द्वन्दकालको क्रममा १६ जना बेपत्ता भएका थिए । जसमध्ये धनुषाको गोदारमा शव उत्खनन गर्ने क्रममा ५ जनाको शव भेटिएको थियो । त्यसपछि अहिलेसम्म पनि ११ जनाको न त शव न त साँस नै भेटिएको छ ।

Share this
Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *