अन्यनयाँ समाचार

धनुषाका प्रमुख जिल्ला अधिकारी कोरोना संक्रमित

जनकपुरधाम, कार्तिक १७ गते । जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रजिअ भट्टराईलाई रुघाखोकी र शरीर दुखेपछि तिन दिन अगाडी पीसीआर गराउँदा उनको रिपोर्ट पोजिटिभ आएको सहायक प्रमुख जिल्ला अधिकारी दिपक कोइरालाले जानकारी दिए । उनले प्रजिअ भट्टराईको रिपोर्ट पोजेटिभ आएको र उनी अहिले अहिले होम आइसोलेसनमा रहेको बताए । प्रजिअ भट्टराईको स्वास्थ्यमा कुनै समस्या नदेखिएको उनले बताए । आफ्नो सम्पर्कमा रहेका सबैलाई सतर्क र सुरक्षति रहन प्रजिअ भट्टराईले सबैसँग आग्रह गरेका छन् ।

Share this
Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *