अन्यनयाँ समाचार

धनुषाका धनौजी गाउँपालिकाकामा भएको भ्रष्टाचारको छानबीन गर्नुपर्ने दलित महिलाहरुको मांग

जनकपुरधाम, भदौ ४ गते । धनुषाका धनौजी गाउँपालिकाका दलित महिलाहरुले विभिन्न मांगहरु अघि सारेका छन् । बुधवार पालिकाको कार्यालयमा पुगेर ती दलित महिलाहरुले दलितहरुको लागि छुटयाइएको बजेट सार्वजनिक गर्नुपर्ने, बजेट महिला मैत्री हुनुपर्ने, पछिल्लो पटक वितरित राहतमा भएको अनियमितताको छानबीन र विकास निर्माणमा भएको भ्रष्टाचारको छानबीन लगायतका मांग अघि सारेको छ । गाउँपालिका अध्यक्ष बद्रीनारायण सिंहसँग भेटघाट गरी दलित महिलाहरुले आफूहरुको मांग चांडै सम्बोधन नभए कार्यालयमा तालाबन्दी गर्ने सहितका कडा भन्दा कडा आन्दोलनमा जाने चेतावनी दिए ।

भेटघाटमा अध्यक्ष सिंहलाई ती दलितको बजेटमा अनियमितता मात्र होइन शिक्षा र स्वास्थ्यको बजेटमा समेत भ्रष्टाचार हुंदै आएकोमा त्यसको हरहिसाब पनि सार्वजनिक गर्नुपर्ने मां गरिन । नेकपाका नेता राजकुमार यादवको अगुवाईमा पालिकाको कार्यालयमा पुगेकी ती दलित महिलाहरुलाई अध्यक्ष सिंहले कार्यालय प्रमुख बाहिर रहेकाले उनी आएपछि सबै हरहिसाब सार्वजनिक सहितका मांगहरु सम्बोधन गरिने प्रतिबद्धता जनाए । पालिकालाई खुल्ला दिशामुक्त गर्ने तयारी भइरहेको बेला ती दलित महिलाहरुले सयौ दलित परिवार शौचालय विहिन रहेको समेत उनीहरुले खुलासा गरे ।

Share this
Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *