नयाँ समाचारराजनीति

दुई दिवसीय प्रशिक्षण जारी, मधेस प्रदेशमा एमालेको पक्षमा माहौल बलियो बनाउन निर्देशन

जनकपुरधाम, फागुन ३

नेकपा (एमाले) का बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले नेतृत्वको सरकारले गरेको कामबारे नागरिकलाई जानकारी गराउन निर्देशन दिएका छन् । मंगलबार जनकपुरधाममा मधेस प्रदेशस्तरीय स्थानीय तह निर्वाचनको तयारीबारेमा केन्द्रीत प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रममा बोल्दै पूर्वउपप्रधानमन्त्री समेत रहेका नेता पोखरेलले नेता तथा कार्यकर्तालाई निर्देशन दिएका हुन् । मधेसीसहित आदिबासी जनजाति तथा पछाडि परेका वर्गको उत्थान र समग्र देशको समृद्धिका लागि पार्टीले काम गरिरहेको चर्चा गर्दै उनले मधेस प्रदेशमा एमालेको पक्षमा माहौल बलियो बनाउन कार्यकर्ताहरुलाई निर्देशन दिएका हुन् । एमालेलाई घेराबन्दी गरी कमजोर बनाउने प्रयास गरिएपनि जनताको बलमा एमाले स्थापित हुने उनले विश्वास व्यक्त गरे । उपमहासचिव प्रदिप ज्ञवालीले एमालेलाई जति घेराबन्दी गरेपनि नेपाली जनता पार्टीको नीति एवं सिद्धान्तप्रति आकर्षित रहेको बताए । अगामी चुनावमा एमाले पुनः पहिलो पार्टी बन्ने उनले बताए । एमाले मधेश प्रदेश कमिटिका अध्यक्ष रामअवतार यादवको अध्यक्षतामा भएको दुई दिवसीय प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम बुधबारसम्म चल्ने छ । यस प्रशिक्षण कार्यक्रममा एमालेका केन्द्रिय सचिव रघुवीर महासेठ, पोलिटव्यूरो सदस्य जुली महतो, एमाले धनुषा ईन्चार्ज रामचन्द्र मण्डललगायतकाले बोलका थिए । स्थानीय तहको निर्वाचन मिति सरकारले आगामी वैशाख ३० गतेका लागि तोकेपछि एमालेले प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सुरु गरेको छ ।

Share this
Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *