अन्यनयाँ समाचार

दिनदहाडै दुई लाख रुपैयाँ लुट्ने दुई युवक पक्राउ

जनकपुरधाम, साउन १२ गते

जनकपुरधामबाट दिनदहाडै लाखौँ रुपैयाँ लुट्ने दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाको लक्ष्मीनियाँ गाउँपालिका ७ का २० वर्षीय जितेन्द्र प्रसाद साह र २१ वर्षीय दिपेन्द्र मण्डल रहेको धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिए ।

गत सोमबार बिदेशबाट आएको दुई लाख रुपैयाँ मिल्स एरिया स्थित रहेको एभरेष्ट बैँकबाट झिकेर गइरहेकी सबैला नगरपालिका ४ घर भई जनकपुरधाम १ मा बस्दै आएकी शर्मिला देवी प्लाष्टिकको झोलामा मोबाइल र पैसा लिएर आउँदै गरेकोमा झोला लुटेर दुई युवक फरार भएका थिए ।

घटना पश्चात जानकारी दिएपछि प्रहरीले अनुसन्धानको क्रममा पक्राउ परेको दुबै युवकलाई जिल्ला प्रहरी कार्यालय धनुषामा सार्वजनिक गरिएको छ ।

प्रहरीले जितेन्द्रको साथबाट लुटिएको मोबाइल र ५४ हजार नगद तथा दिपेन्द्रको साथबाट ७८ हजार रुपैयाँ बरामद गरिएको छ । दुबैजनाले रुपैयाँ लुटेपछि बाँटबखरा समेत गरिसकेको थिए ।

धनुषा प्रहरीले दुबैजनालाई मोबाईल र रुपैयाँ सहित लुटमा प्रयोग भएको प्रदेश २–०२–००५ प ००८५ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Share this
Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *