अन्यनयाँ समाचार

दशैँ उत्सवः जनकपुरधाममा लाग्यो सस्तो बजार

जनकपुरधाम, २२ असोज । दशैँ अवसरमा प्रत्येक वर्ष झैँ लाग्ने गरेको सस्तो बजार यसपालि पनि जनकपुरधाम उद्योग वाणिज्य संघको आयोजना सस्तो बजार लागेको छ । कोरोना महामारी संक्रमणका कारण गत वर्ष भने सस्तो बजार लाग्न नसकेपनि यस वर्ष भने भव्यता साथ राम चोक स्थित गोपाल धर्मशालामा सस्तो बजार एक सातासम्मका लागि सुरु भएको छ । जनकपुरधाम उद्योग वाणिज्य संघको पहलमा अन्य वर्ष झैँ यस वर्ष पनि दशैँ बजार २०७८ लागेको हो । प्रदेश २ का प्रदेश प्रमुख हरिशंकर मिश्रले आम उपभोक्ताले सस्तो, सुपथ तथा गुणस्तरीय सामान खरिद गर्न पाउनेमा विश्वास व्यक्त गरे । सस्तो बजारको उद्घाट गर्दै उनले देशको आर्थिक विकासमा व्यापारीहरुको ठूलो योगदान रहेको बताउदैँ सस्तो बजारले आमजनको जीवनले समेत केहि राहत अवश्य पाउने बताए । स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर असोज २१ घटस्थापना देखि २७ महाअष्टमीसम्म दशैँ मेला गोपाल धर्मशालामा शुरु भएको छ ।

दशैँ बजारमा भित्र तथा बाहिर गरेर १ सय ४ वटा स्टलहरु रहेको जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले जनाएका छन् । उनले सस्तो बजारको रुपमा परिचित रहेको जनकपुरधामको दशैं मेलावाट गरिब तथा विपन्न वर्गका उपभोक्ताहरुले पनि राहात पाउने विश्वास व्यक्त गरे । स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर असोज २१ गते घटस्थापना देखि २७ गते महाअष्टमीसम्म दशै मेला गोपाल धर्मशालामा शुरु भएको दशै बजारमा भित्र तथा बाहिर गरेर १ सय ४ वटा स्टलहरु रहेको जनकपुरधाम उद्योग वाणिममज्य संघका अध्यक्ष जितेन्द्र महासेठले जानकारी दिएका छन् । धनुषाका प्रमुख जिल्ला अधिकारी एवं दशै बजार मूल व्यवस्थापन समितिका अध्यक्ष बन्धुप्रसाद वास्तोलाको अध्यक्षता भएको उद्घाटन कार्यक्रममा बजरंग साह, प्रकाशभन्द्र साह, नेपाल पत्रकार महासंघ धनुषा अध्यक्ष मनिका झा लगायतको उपस्थिति रहेको थियो ।

Share this
Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *