अन्य

तराई–मधेश समृद्ध र विकास भए जनता खुसी हुने ः अध्यक्ष प्रचण्ड

जनकपुर भदौ २
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तराईमा विकास भए मात्रै मुलुक समृद्ध र विकास भएपछि जनता समृद्ध हुने र जनता खुसी हुने बताउनु भएको छ ।
सोमबार धनुषाको गणेशमान चारनाथ नगरपालिका स्थित बरमझियामा २५ औँ शहिद रामवृक्ष यादव स्मृति सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले तराई मधेशमा वर्षेणी आउने बाढी, डुबान र आगलागी तथा चुरे संरक्षण लगायत विपद जस्ता घटनाहरु समस्या सामाधानका लागि सरकार अग्रसर भएमा तराईबाटै मुलुक समृद्ध र जनता खुसी हुने बताउनु भएको हो ।
वहाँले यसको लागि सरकारले तराई मधेश जनताका समस्या सामाधानका लागि विभिन्न योजनाहरु अघि सार्नुपर्ने बताउनु भयो । वहाँले मुलुकको सम्पूर्ण नदीनाला नियन्त्रण तथा व्यवस्थापनका लागि जनता तटबन्धन कार्यक्रम संचालन गर्नुपर्नेमा जोड दिनुभयो । वहाँले तराई मधेशमा झुपडीका घरहरु अत्यधिक रहेकाले झुपडी घरको विकल्पमा पक्कीको घर निर्माण गर्नुपर्ने बताउनुभयो । वहाँले चुरे क्षेत्र तथा राजमार्ग वरिपरी पानी सुक्ने समस्या दिनानुदिन बढ्दै गएकोले वहाँले यी सबै समस्या समाधानका लागि राष्ट्रिय योजना अन्तर्गत विभिन्न कार्यक्रमहरु संचालन गर्नुपर्ने आवश्यकता रहेको औल्याउनुभयो । वहाँले तराई मधेशको जनताका समस्या समाधान भए मात्रै मुलुकले लिएको समृद्धि र विकासको बाटोमा सफलता पाउने स्पष्ट पार्नुभयो ।
वहाँले प्रदेश नम्बर २ को सरकारले जन अपेक्षा अनुसार काम गर्न नसकेको बताउदैँ प्रचण्डले प्रदेश नम्बर २ को सरकारको आलोचना गर्नुभयो । वहाँले प्रदेश सरकारले भ्रष्टाचारमा लिप्त भएको भन्दै प्रदेश सरकारको भ्रष्टाचार तथा कुशासन विरुद्ध आवाज उठाउन समेत आग्रह गर्नुभयो ।
वहाँले प्रदेश नम्बर २ को सरकार भ्रष्टाचार अन्त्यका लागी प्रदेश २ कै जनताले दबाब दिनुपर्ने समेत स्पष्ट पार्नुभयो । प्रदेश सरकार भ्रष्टाचारमा लिप्त भएकै कारण यहाँका जनता अहिलेसम्म सुशासनको अनुभूति गर्न नसकेको बताउनुभयो ।

jandhara.com

त्यस्तै वरिष्ठ नेता तथा पुर्वप्रधानमन्त्री माधवकुमार नेपालले शहिद रामवृक्ष यादवको शहादतको स्मरण गर्दै वहाँले रामवृक्षको शहादतले नै मुलुकमा संघिय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था आएको बताउनुभयो ।
त्यसैगरी भौतिक पूर्वाधार यातायात मन्त्री रघुवीर महासेठले वीरेन्दबजार देखि यदुकाहासम्मको सडकको नाम शहिद रामवृक्ष मार्ग रहने बताउनुभयो । वहाँले यसको लागि प्रक्रिया अघि बढाइने समेत बताउनुभयो । वहाँले यदुकाहा देखि खजुरी महुवा सम्मको सडकलाई कामेश्वर कुशेश्वर मार्ग नामाकरण गरिने समेत बताउनुभयो । तत्कालिन माओवादी नेता रामवृक्ष यादव २०५१ साल भदौ २ गते हत्या भएको थियो ।

Share this
Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *