नयाँ समाचार

ढल्केवरमा निर्माण हुने ट्रमा सेन्टर सार्न लागेको आरोप निराधार : मेयर महतो

जनकपुरधाम, जेठ २१ गते । सरकारले आगामी आर्थिक वर्ष २०७८-०७९मा वर्षौदेखि प्रतिरक्षारत धनुषाको मिथिला नगरपालिकास्थित ढल्केवरमा ट्रमा सेन्टर निर्माण गर्नका लागि बजेट छुट्याएको छ । ट्रमा सेन्टर निर्माण गर्नका लागि बजेट छुट्याएसंगै ढल्केवरवासीमा खुशियालीका बीच सामाजिक सञ्जाल मार्फत केही व्यक्तिले सार्न लागेको भनी आरोप लगाउंदै विवाद श्रृजना उत्पन्न गरेको छ । तर निर्माण हुने भनिएको ट्रमा सेन्टर सार्न लागेको आरोप निराधार रहेको मिथिला नगरपालिकाका मेयर हरिनारायण महतोले बताएका छन ।

मेयरले आफ्नो जग्गाको मूल्यांकन बढाउन साविकमा छुट्याइएको जग्गाबाट लालगढमा ट्रमा सेन्टर परियोजना सार्न लागेको आरोप लगाउन थालेको छ ।

शुक्रवार एक पत्रकार सम्मेलन आयोजना गरी मेयर महतोले भने साविकको जग्गा प्राविधिकहरुले उपयुक्त नरेहको भनेपछि मात्रै त्यो जग्गा देखाएको स्पष्ट पारेका छन् । नगरप्रमुख महतोले भने ट्रमा सेन्टरका लागि ढल्केवर सहित मिथिला नगरपालिका अन्तर्गत चार ठाउँमा छुटयाएको छु जुन उपयुक्त हुन्छ त्यहाँ नै बन्ने हो ।

नगरमा जग्गालाई लिएर देखिएको टिकाटिप्पणी विशुद्ध रुपमा राजनीतिक प्रतिशोध साध्नका लागि मात्रै रहेको उनले आरोप लगगाए । २०५७/०५८ साल तिर आफू ढल्केवर गाविस हुँदा रामसुन्दर महतोको पहलमा गैरेटोलमा रहेको ४ विघा एलानी जग्गामा ट्रमा सेन्टर निर्माणका लागि सिफारिश गरेको थिएँ । नगरप्रमुख महतोले भने ‘ त्यसपछि स्थानीय तहहरु प्रमुख विहिन भए, पछि स्थानीय तहको निर्वाचन हुँदा ढल्केवर नगरपालिकाको नगर प्रमुख भएँ र फेरी ट्रमा सेन्टर निर्माणका लागि प्रकृया अगाडी बढाएँ ।’

पछि प्राविधिकले त्यो जग्गा ट्रमा सेन्टरका लागि उपयुक्त नरहेको भनेपछि मिथिला नगरपालिका वडा नम्बर ६ मा रहेका एक विद्यालयको जग्गा, मिथिला नगरपालिका वडा नम्बर १ पुष्पवलपुर स्थित बल्डारामा रहेको जग्गामा पनि ट्रमा सेन्टर बनाउन स्थानीय अनिच्छुक देखिएपछि वडा नम्बर १० लालगढ स्थित बौवा होेटेल नजिक जग्गा देखाइएको तर त्यो जग्गापनि अहिलेसम्म निश्चित नरहेको नगरप्रमुख महतोले बताए ।

तर केही व्यक्तिले सामाजिक सञ्जाल मार्फत राजनीतिक प्रतिशोध देखाउनकै लागि गलत अफवाह फैलाईरहेको आरोप लगाए । उनले भने ‘यदि त्यहाँ कसैले मेरो जग्गा वा एमाले नेता रघुवीर महासेठको जग्गा छ भनी प्रमाणित गरिदियो भने १० लाख रुपैया दिनुका साथै मेरो ठहर भएको जग्गा समेत दिने घोषणा गर्छु ।

उनले भने हाम्रो पनि चाहना हो ढल्केवरमै बनोस । तर राजमार्गसँग जोगिएका नगरपालिकाको एलानी ३ विग्घा जग्गाको आभाव रहेको र लालगढ पनि मिथिला नगरपालिकाकै क्षेत्र भएको हुनाले त्यहाँको बौवा होटल नजिक भनेका छौं । यदि कसैले ढल्केवरमा नेपाल सरकारको जग्गा देखाउंछन भने त्यहीका लागि सिफारिस गछौं नभए कुनै व्यक्तिले निजी जग्गा दिन चाहेमा त्यसका लागि आफू तयार छु ।

Share this
Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *